४ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुलमै अड्कियो कुरा, फेरि नेकपा सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । दिउँसो एक बजे बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। बिहीबार बस्ने सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो।

पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्। ‘विभागको टुंगो लगाउन विषयमा गृहकार्य नपुगेपछि बैठक स्थगित भएको हो’, एक नेताले भने ।

अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन्। पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन्।पार्टीका विभिन्न ३२ विभागको भागबन्डा मिालाउन अझैं बाँकी छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधान तथा रक्षामन्त्रीसमेत सचिवालय सदस्य ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिने अडानमा छन्। तर, माओवादी खेमा त्यो अडानलाई अस्वीकार गर्दै आएको छ।

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्।

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ।

यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।

बैठकमा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगायतका एजेन्डा रहेका छन् । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।