२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमै चुनाव गराउने तयारी



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य मिति तोक्न सरकारसंग परामर्श गर्ने बताएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यविधि बनाइरहेको जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो–‘उपनिर्वाचन गराउन के के आवश्यक छ ? के कस्तो अवस्था छ भन्ने बुझ्ने काम भइरहेको छ । ती कार्य सकिएपछि सरकारसंग परामर्श गर्ने छौं ।’

स्मरणीय छ, निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसंग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ ।

यस्तै आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको बताइएको छ । यो कार्य उपनिर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने आयोगले जनाएको छ ।
आयोगले जनप्रतिनिधि रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहको संख्याको तथ्यांक संकलन गरिसकेको छ । आयोगका अनुसार संघमा १, प्रदेशमा ३ र स्थानीय तहमा ३ प्रमुख र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन गराउनुपर्नेछ ।

स्थानीय तहमा ४३ वडाध्यक्ष, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त रहेका छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउ“पालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पा“चथरको फाल्गुनन्द गाउ“पालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान खाली छन् ।
यसैगरी प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ पद रिक्त छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उहा“ निर्वाचित भएको कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ खाली भएको छ । यसैगरी प्रदेशसभातर्फ हरिशरण लामिछानेको मृत्युका कारण भक्तपुरको १ ‘क’, उत्तरकुमार वलीको निधनका कारण दाङ ३ ‘ख’ र टेकबहादुर घर्तीको निधनका कारण बाग्लुङ २ ‘ख’ रिक्त छन्।

निर्वाचन बहिष्कार गरेका कारण सोलुखुम्बुको तिङ्लामा सबै पद रिक्त छ । स्थानीय तहको हकमा वडाध्यक्षको उपनिर्वाचन गराउने कानुनी व्यवस्था नभएकोले निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि उक्त चुनाव हुनसकेको छैन ।

तर भर्खरै स्थानीय तह निर्वाचन ऐन संशोधन गरी त्यसको व्यवस्था गरिएको छ । स्थानीय तहको पदावधि करिब तीन वर्ष बाकी छ । कानुतः एक वर्षभन्दा कम पदावधि बाकी रहेको अवस्थामा उपनिर्वाचन हुन सक्दैन ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।