३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ? हेर्नुहोस् देखिन्छन् यस्ता लक्षणहरु



अ+ अ-
Human kidney anatomy isolated on white photo-realistic vector illustration

काठमाडौं । मिर्गौलाले शरिरका हानीकारक पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ । मिर्गौलामा हुने पत्थरी मानिसहरुको सामान्य समस्या जस्तै भएको छ ।

अस्वस्थ्यकर जीवनशैली र असन्तुलित खानपानका कारण मानिसहरुमा पत्थरीको समस्या बढ्दै गएको छ । पछिल्लो समय मिर्गौलामा पत्थरी भएका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ । तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

मिर्गौलामा पत्थरी हुने कारण

–नुनको बढी सेवन गर्ने बानी छ भने त्यसलाई परिवर्तन गर्नुस् । नुनको बढी प्रयोग गर्दा पत्थरी बन्ने प्रक्रिया छिटो हुन्छ ।

–मोटोपनको समस्या

–अत्याधिका मात्रामा माछा मासु र गेडागुडीको सेवन गर्ने व्यक्तिमा प्रोटिन बढी भइ पत्थरी हुनसक्छ ।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

– शरिरमा हुने विभिन्न खालका संक्रमणका कारण पनि पत्थरी हुनसक्छ ।

–पानी कम पीउने मानिसमा पत्थरी हुने जोखिम हुन्छ ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसावबाट विकार पदार्थ निस्कन पाउँदैन । जुन मिर्गौला मै थिग्रिएर बस्छ र पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरी भएको कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाब फेर्न गाह्रो हुन्छ ।

– पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

–ज्वरो आउँछ

– वाकवाक लाग्छ ।

–वान्ता हुने लगायतका लक्षणहरु देखिन्छ ।