१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, आराम गर्न डाक्टरको सुझाव



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगरमा गडबडी देखिएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको मुटुको चालमा केही तलमाथि र सुगरमा गडबडी देखिएपछि केही दिन आराम गर्न सल्लाह दिइएको छ,’ उनले भने ।

केही दिन अगाडि राजधानीमा आयोजित तिलगंगा आँखा अस्पतालको कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री ओली अस्वस्थ महसुस भएपछि कार्यक्रम नसकिँदै चाँडै बाहिरिएका थिए । राजनीतिक तनावले गर्दा प्रधानमन्त्रीमा समस्या देखिएको चिकित्सकले अनुमान गरेका छन् ।