१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी



अ+ अ-

काठमाडौं । सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पूर्वएमाले र माओवादीेका प्राध्यापकलाई नियुक्ति गर्ने आन्तरिक तयारी गर्नुभएको छ । अबको २० दिनपछि अर्थात भदौ ५ गतेदेखि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रिक्त हुँदै छ ।

विश्वविद्यालयका कुलपति, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्किएपछि कुलपति छनोट हुने तयारी भइरहेको छ । अध्यक्ष दाहाल हिजो मंगलबार संयुक्त अबर इमिरेट्स प्रस्थान गर्नुभएको छ । प्रम ओली प्रचण्ड फर्किएलगत्तै आगामी साता उपचार गर्न सिंगापुर जाने कार्यक्रम रहेको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड विदेश भ्रमणबाट फर्केलगत्तै नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया शुरु हुनेछ ।

दुवै अध्यक्षले आफ्ना पार्टी निकट प्राध्यापक संगठनको सल्लाहअनुसार उपकुलपति नियुक्ति गर्ने तयारी गरेका छन् । पार्टी एकीकरण भएपछि दुवै पार्टीका प्राध्यापक संगठन छुट्टाछुट्टै क्रियाशील छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संगठन र पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफू निकट प्राध्यापकको नाम संकलन गर्न थालेका छन् । दुवै संगठनले छनोट गरेको नाम गोप्य राखिएको छ ।

स्रोतका नेपाल राष्ट्रिय प्राध्यापक संगठनले कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयमा आफू निकट प्राध्यापकलाई नियुक्ति गरे पनि त्रिवि सेवा आयोगमा पूर्वमाओवादी निकट प्राध्यापकलाई दिनुपर्ने तर्क अघि सारेका छन् । पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक संघका अध्यक्ष यादवप्रसाद लामिछानेले प्राध्यापक संगठनबीच एकीकरण भइनसकेका कारण पूर्वएमाले र माओवादीको तर्फबाट उपकुलपति नियुक्त हुन सक्ने दाबी गर्नुभयो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव पूर्ण लामिछानेले दुईवटै पार्टी निकट संगठनको भागबण्डामा उपकुलपति छनोट गर्नुपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो– ‘सबैलाई मिल्ने गरी सातवटै विश्वविद्यालयमा उपकुलपति चयन गर्नुपर्छ ।’

पछिल्लो समय त्रिविमा विकृति बढ्न थालेपछि स्वतन्त्र प्राध्यापकलाई उपकुलपति बनाउने तयारी भएको छ । स्वतन्त्र उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रका बुद्धिजीवीसँग समेत छलफल गर्नुभएको बुझिएको छ । तर उपकुलपति नियुक्ति गर्दा नेकपाका दुवै अध्यक्षको सहमतिमा उपकुलपति नियुक्ति गर्ने योजना रहेको छ ।

उपकुलपतिको चारवर्षे पदावधी सकिएपछि सर्च कमिटी गठन गर्ने व्यवस्था छ । त्रिवि ऐनको दफा १६ मा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्रीको अध्यक्षतामा सिनेटका २ सदस्यसहित ३ जना रहेको सर्च कमिटी गठन गर्ने उल्लेख छ । सबै विश्वविद्यालयको ऐनमा सोही व्यवस्था गरिएको छ । तर हालसम्म सर्च कमिटी गठन गरेको छैन । कुलपति र सहकुलपतिले हालसम्म दुवै संगठनसँग उपकुलपति छनोट गर्ने विषयमा कुनै छलफल गरेको छैन ।

प्रगतिशीत प्राध्यापक संगठनका अध्यक्ष लामिछानेले हालसम्म उपकुलपति छनोट गर्ने विषयमा कुनै छलफल नभएको बताउनुभयो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष लामिछानेले उपकुलपति छनोट गर्ने विषयमा संगठनलाई कुनै जानकारी नभएको बताउनुभयो । तर दुवै संगठनले पूर्वपार्टीका नेताद्वय ओली र दाहाललाई भेटेर उपकुलपतिको सम्भावित नामावली उपलब्ध गराउने तयारी गरिरहेका छन । उपकुलपतिमा जान लिगलिगे दौडमा लागेका अधिकांशलाई संगठनले कुनै छलफल गरेको छैन ।

सरकारले माघ २ गते प्रधानमन्त्रीलाई बुझाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा विश्वविद्यालयमा प्रधानमन्त्री तथा शिक्षामन्त्री रहने व्यवस्था नरहने र पदाधिकारीको नियुक्ति बोर्ड अफ ट्रस्टीले गर्नुपर्ने सिफारिस आयोगले गरेको थियो । हाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गर्ने र त्यसले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था उल्लेख गरेको छ । तर सरकारले सो प्रतिवेदनमा उल्लेख गरेको विषयभन्दा भिन्दै ढंगले परम्परागत रुपमै उपकुलपति छनोट गर्ने तयारी गरेको समाचार नेपाल समाचरपत्र दैनिकमा प्रकाशित छ।