१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रस्थान, प्रचण्डको आगमन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य परीक्षणका लागि हिजो शनिबार राति सिंगापुर जानुभएको हो ।

उहाँको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण गरेर एक सातापछि प्रधानमन्त्री स्वेदश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उहाँको श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह रहनुभएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्ताव गरेसँगै पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ । साताव्यापी संयुक्त अबर इमिरेटस (यूएई) को भ्रमण गरेर स्वदेश फर्किनुभएको हो । प्रचण्ड पारिवारिक भ्रमणका लागि गत मंगलवार पत्नी सीता दाहाल, छोरी रेणु दाहाल र गंगा दाहालसहित यूएई जानुभएको थियो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।