२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रस्थान, प्रचण्डको आगमन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साताका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ । स्वास्थ्य परीक्षणका लागि हिजो शनिबार राति सिंगापुर जानुभएको हो ।

उहाँको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण हुने भएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण गरेर एक सातापछि प्रधानमन्त्री स्वेदश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको साथमा उहाँको श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह रहनुभएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्ताव गरेसँगै पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किनुभएको छ । साताव्यापी संयुक्त अबर इमिरेटस (यूएई) को भ्रमण गरेर स्वदेश फर्किनुभएको हो । प्रचण्ड पारिवारिक भ्रमणका लागि गत मंगलवार पत्नी सीता दाहाल, छोरी रेणु दाहाल र गंगा दाहालसहित यूएई जानुभएको थियो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।