७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटफ्लिक्सले भारतमा सस्तो खालको ‘मोबाइल–ओन्ली’ योजना अघि सार्यो



अ+ अ-

काठमाडौं । अनलाइन भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सन् २०१६ देखि विश्वभरका एक सय ९० मुलुकमा आफ्नो सेवा विस्तार गरेपछि यसले आफ्नो दबदबा हृवात्तै बढाएको छ  । गतवर्ष मात्रै नेटफ्लिक्सले झन्डै २२ अर्ब डलर सिरिज र फिल्म उत्पादनका लागि खर्च गरेको थियो ।

क्लालिफोर्नियामा मुख्यालय रहेको नेटफ्लिक्सले पछिल्लो समय यसले आफ्नै मुलुक अमेरिकामा बजार गुमाइरहेको छ ।

उसले भारतमा सस्तो खालको ‘मोबाइल–ओन्ली’ योजना अघि सारेको छ । उक्त योजनापछि भारतीयले प्रतिमहिना दुई सय भारु तिरेपछि मोबाइलमा नेटफ्लिक्सका सिरिज र फिल्महरू हेर्न पाउने छन् ।

भारतकै भिडियो स्ट्रिमिङ कम्पनी हटस्टारले ३० करोड सक्रिय सदस्य बनाइसकेको छ । नेटफ्लिक्सको अपेक्षित ग्राहक बढ्न नसक्नुमा यसले लिने चर्को दस्तुरलाई कारक मानिएको छ ।

भारतीय कन्सल्टिङ फर्म पिडब्लुसीका राजीव वसु भन्छन्, ‘भारत भनेको मूल्यका मामिलामा निकै संवेदनशील बजार हो । नेटफ्लिक्सले केवल सीमित वर्गलाई मात्रै लक्षित गर्‍यो । जो सम्पन्न र शिक्षित वर्गका छन्,जसले विश्वव्यापी विषयवस्तुमा जानकारी राख्छन्, तिनका लागि मात्रै ध्यान दियो ।

यतिबेला भने नेटफ्लिक्सले भारतलाई आफ्नो टार्गेट मार्केटका रूपमा विकास गर्न खोजिरहेको छ । विश्वभर पाँच देशमा मात्रै आफ्नो कार्यालय खोलेको नेटफ्लिक्सले त्यसमा एक भारतलाई पनि पारेको छ ।

भारतमा स्मार्टफोन प्रयोगकर्ताको संख्या उच्च छ । फाइभ जीको आगमनपछि मोबाइलमै फिल्म वा सिरिजजस्ता भिडियो हेर्नेको संख्यामा पनि बढोत्तरी हुने अनुमानसहित नेटफ्लिक्सले ‘मोबाइल ओन्ली’ को अवधारणा ल्याएको हो ।