७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ?

सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ?
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा सरकारले कारबाही प्रक्रिया थालेको छ । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले कारबाही थालेको हो । पहिलो चरणमा गोरर्खा मिडिया ग्रुपका तत्कालीन उपाध्यक्ष छविलाल जोशी पक्राउ परेका छन् । उनलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

सहकारी छानबिन संसदीय विशेष समितिले समितिले बचतकर्ताको ८७ अर्ब रकम फिर्ता ल्याउनुपर्ने प्रष्ट पारेको छ । जबकी ती सहकारीले ५३ अर्ब ऋण प्रवाह गरेका छन् भने सम्पत्ति ८२ अर्बको मात्रै छ । सरकारले दोषी देखिएका सबै सहकारीमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न पनि सँगै उठेको छ ।

त्यसो त सहकारीको बचत हिनामिनामा कांग्रेस र एमालेकै नेताहरु पनि जोडिएका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सांसदसमेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि अहिले सहकारीको रकम दुरुययोगको आरोप खेपिरहेका छन् । कांग्रेसका गुरुङलाई त संसदीय विशेष समितिले कारबाही गर्न निर्देशन समेत दिइसकेको छ । तर सरकारले अहिलेसम्म गुरुङमाथि थप छानबिन थालेको छैन ।

सरकारका मन्त्रीदेखि सत्तारुढ कांग्रेस र एमालेका नेताहरु सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोषी रहेको भन्दै आएका छन् । उनीहरुले रविलाई कारबाहीको मागसमेत गरेका छन् । तर संसदीय समितिले दोषी किटान गरेका र छानबिन गर्नुपर्ने भनेका विषयमा चुइँक्क बोलेका छैनन् । किनकी जुनजुन सहकारीमा छानबिन गर्न समितिले भनेको त ती अधिकांश राजनीतिक दलका नेता जोडिएका सहकारी हुन्् । अझ भनौं कांग्रेस र एमालेका नेताबाट सञ्चालित सहकारीहरु हुन् ।

सहकारीको रकम कसले दुरुपयोग गरेको हो भन्ने स्पष्ट भइसकेको छ । सहकारीबाट आफैंले रकम नलिकाले पनि गोर्खा मिडिया ग्रुपमा आएको रकम खर्च गरेकोमा दोषी देखिएका लामिछानेलाई पक्राउ गर्न र कारबाही गर्न जुन तहको दबाब आइरहेको छ, अरु सहकारीका बदमासी सार्वजनिक गर्न कांग्रेस र एमालेले चाहेका छैनन् । सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने भन्दा पनि कांग्रेस र एमालेलाई आफ्ना कर्तुत लुकाउनुपर्ने बाध्यता छ । त्यही कारण उनीहरुले यसमा बोल्न नसकेका हुन् ।

सरकारले सहकारीको बचत अपचलन सम्बन्धी संसदीय छानबिन विषेश समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्न थालेको दाबी गरे पनि अरुलाई कारबाही हुन्छ भन्ने गतिलो आधार छैन । किनकी सहकारी ठगीमा प्राय: आफ्नै नेता तथा कार्यकर्ता छन् । यिनै मध्येको एक सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान हुन्छ कि हुँदैन ? प्रश्न यहाँ पनि छ । जबकी ललितपुरस्थित मितेरी सहकारीको १२ करोड रुपैयाँ अपचलनमा धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित संलग्न रहेको आरोप सञ्चालक समितिले लगाएको छ ।

संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा आफ्नो कार्यक्षेत्रमा परेका २२ र प्रश्न उठेका १८ सहित ४० सहकारीको बचतकर्ताको ८७ अर्ब रकम फिर्ता ल्याउनुपर्ने र यो रकम अपचलनमा सहभागी सबैलाई कानुनी कारबाही गर्नुपर्ने प्रष्ट पारेको छ ।

सहकारीको रकम गोर्खा मिडिया ग्रुपमा ल्याएर अपचलन गरे जस्तै अन्य सहकारीका सञ्चालकले पनि बचतकर्ताको रकम निजी कम्पनीमा ल्याएको छानबिनबाटै खुलेको छ । समितिले रकम हिनामिना गरेर फरार रहेका सुप्रिम सहकारीका जीबी राई र थानबहादुर बुढा, सहारा चितवन सहकारीका दिनेश रोक्का, सुप्रिम सहकारी बुटवलका सागर केसी, सानोपाइला वीरगन्जका तस्वीरण खातुन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका भूपेन्द्र राईलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने छ ।

त्यस्तै सुमेरु बचत तथा ऋण सहकारी, ईमेज सहकारी, समानता बचत तथा ऋण, आईएमई को–अपरेटिभ्सबाट गोर्खा मिडियामा जस्तै बचतकर्ताको पैसाले निजी कम्पनी चलाएकाले कारबाहीको दायरामा ल्याउन समितिको सिफारिस छ । अब सरकारले ती सबैलाई कारबाहीको दायरामा ल्याउने सक्रियता कसरी देखाउँछ भन्ने प्रतीक्षाको विषय बनेको छ ।

राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सहकारीको बचत रकम फिर्ता गर्न सक्ने हिम्मत नगरेसम्म पीडितले न्याय पाउन सक्दैनन् । राजनीतिक स्टन्टबाजी मात्र गर्ने र आफ्ना विरोधीलाई सेक्ने हतियारको रुपमा मात्र सहकारी छानबिन समितिको प्रतिवेदन दुरुपयोग गरियो भने त्यो देशकै लागि घातक हुनसक्छ ।