३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

भारत र अमेरिकाद्वारा नेपाल प्रहरीको तालिममा कटौती

भारत र अमेरिकाद्वारा नेपाल प्रहरीको तालिममा कटौती
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीलाई आफ्नै देश बोलाएर तालिम दिने सहयोगमा भारत र अमेरिकाले कटौती गरेका छन् । भारत र अमेरिकामा तालिम कोटा घटेपछि नेपाल प्रहरीका अधिकारीलाई सबैभन्दा धेरै तालिम दिनेमा चीन पहिलो स्थानमा परेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा दुई सय ६७ प्रहरी वैदेशिक तालिम तथा सेमिनारमा गएका थिए । जसमध्ये सबैभन्दा धेरै ७८ जना चीन गएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यस अवधिमा भारतमा ७५ र अमेरिकामा ६ जना गएका थिए ।

०७४र७५ मा सबैभन्दा धेरै अर्थात् ९९ प्रहरी भारतमा विभिन्न तालिममा सहभागी थिए । त्यस्तै, चीनमा ८२ र अमेरिकामा २६ जना गएका थिए । भारत र अमेरिका जानेको संख्या पछिल्लो वर्ष घटेको हो । चीन जानेको संख्या पनि चारजना घटेको छ । तर, सबैभन्दा धेरै जाने देशमा चीन नै परेको छ ।

केही वर्षयता चीनले नेपालको सुरक्षा निकायलाई विभिन्न किसिमका सहयोग बढाउँदै लगेको छ । जसमध्ये एउटा तालिम पनि हो । स्वतन्त्र तिब्बतको गतिविधि नियन्त्रणलगायत अपेक्षासहित चीनले तालिमसहितका सहयोग बढाएको प्रहरी अधिकारी बताउँछन् । हिमाली जिल्लामा प्रहरी कार्यालय बनाइदिनेदेखि प्रहरीको सञ्चार सेटसम्ममा चीनको सहयोग छ ।

समग्रमै घट्यो वैदेशिक तालिममा जानेको संख्या
वैदेशिक तालिममा जाने नेपाल प्रहरीको संख्या समग्रमा घटेको छ । ०७४/७५ मा तीन सय ४९ प्रहरी वैदेशिक तालिममा गएकोमा ०७५/७६ मा दुई सय ६७ मात्र गएका छन् ।

त्यस्तै, इटालीमा पनि तालिमका लागि जानेको संख्या घटेको छ । अघिल्लो वर्ष २४ प्रहरी अधिकारी गएकोमा गत वर्ष तीनजना मात्र गएका छन् । वैदेशिक तालिममा चीन र भारतपछि गत वर्ष सिंगापुर धेरै गएका छन् । जहाँ १३ जना प्रहरी अधिकारी गएका छन् । त्यस्तै थाइल्यान्डमा १०, मलेसियामा सात, भियतनाममा ६ तथा जापान, काजकिस्तान, इन्डोनेसिया र फ्रान्समा पाँच–पाँचजना गएका छन् । गत वर्ष विभिन्न ४० देशमा प्रहरी अधिकारीहरू पुगेका छन् ।

इटाली, अस्ट्रिया, ब्राजिल, क्यानडा, कतार, युगान्डा, कोरिया, युएई, न्युजिल्यान्ड, बेलायत, दक्षिण अफ्रिका, फिलिपिन्स, श्रीलंका, स्पेन, जोर्डन, जर्मनी, माल्दिभ्स, उज्वेकिस्तान, बंगलादेश, हङकङ, अजरबैजान, ताजकिस्तान, कम्बोडिया, अस्ट्रेलिया र लाओसमा समेत प्रहरीहरू तालिम तथा सेमिनारका लागि पुगेका छन् । जसमा कतिपय संयुक्त राष्ट्रसंघले आयोजना गरेका तालिमसमेत छन् ।

भारतमा धेरैजसो आतंकवादसम्बन्धी तालिममा नेपाल प्रहरीलाई बोलाउने गरिएको छ । नयाँदिल्लीस्थित नेसनल इन्टेलिजेन्स एकेडेमीमा धेरै प्रहरी तालिममा गएका छन् । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल विदेश तालिममा अहिले पनि छनोट भएर जाने क्रम चलिरहेकाले विगतका वर्षमा खासै संख्या नघटेको बताउँछन् ।

समग्रमै घट्यो वैदेशिक तालिममा जानेको संख्या
वैदेशिक तालिममा हाकिमहरू मात्र, महानिरीक्षकनिकटलाई अवसर
एफबिआई तालिम नै गुम्यो

वैदेशिक तालिममा हाकिमहरू मात्र, महानिरीक्षकनिकटलाई अवसर
फिल्डमा दुःख गर्नेमा धेरै इन्स्पेक्टरभन्दा तल्लो तहका हुन्छन् । तर, विदेश तालिममा भने उनीहरूले कमै अवसर पाउँछन् । हाकिमहरूले नै धेरै अवसर पाउने गरेका छन् ।

वैदेशिक तालिममा जानेमा इन्स्पेक्टर, डिएसपी र एसपीको संख्या धेरै छ । गत वर्ष ६१ इन्स्पेक्टर, ५५ डिएसपी र ४८ एसपी विदेश तालिममा गएका छन् । त्यस्तै, १८ एसएसपी, २० डिआइजी र दुई एआइजी पनि विदेश तालिममा गएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष पाँचपटक वैदेशिक सेमिनार तथा सम्मेलनमा भाग लिएका छन् ।

तल्लो तहका प्रहरीको दरबन्दी ८० प्रतिशतभन्दा धेरै भए पनि विदेश तालिममा उनीहरूको सहभागिता निकै न्यून छ । गत वर्ष ३३ सइ, १६ असइ, एक हवल्दार र आठ सिपाही विदेश गएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा तीन सय ४९ जना विदेश तालिममा जाँदा हवल्दार र सिपाहीबाट एकजना मात्र गएका थिए । पछिल्लो वर्ष विदेश तालिममा परेका सात सिपाही भारतको हरिद्वारमा योग सिक्न गएका थिए ।

वैदेशिक तालिममा धेरैजसो अधिकृत तहका प्रहरीलाई भनेर तोकेर आउने भएकाले सिनियर तहकै धेरै हुने गरेको प्रहरी प्रवक्ता पोखरेल बताउँछन् । उच्च अधिकारीमा तालिमको प्रकृतिअनुसार छनोट हुने गरेको छैन ।

प्रायः प्रहरी महानिरीक्षकनिकट व्यक्तिहरू नै विदेश तालिममा छनोट हुने गरेका छन् । जसकारण अन्तर्राष्ट्रियस्तरका तालिम प्रभावकारी हुने गरेका छैनन्, घुमघाममै सीमित हुने गरेको छ । तीन सातापछि चार प्रहरी अधिकारी वन्यजन्तुसम्बन्धी तालिमका लागि अमेरिका जाँदै छन् । जसमा वन्यजन्तुसम्बन्धी अपराधको क्षेत्रमा काम गरेका कुनै अधिकारी छैनन् । अझ सिआइबी, अपराध महाशाखाजस्ता वन्यजन्तुसम्बन्धी अपराध हेर्ने निकायबाट समेत छनोट गरिएको छैन ।

केही वर्षअघि एक अधिकृत म्याच फिक्सिङसम्बन्धी तालिममा मलेसिया गएका थिए । तर, अहिलेसम्म उनको पोस्टिङ अनुसन्धान गर्ने कार्यालयमा भएको छैन । फिल्डमा दुःख गर्नेभन्दा प्रहरी मुख्यालयमै बस्नेहरू विदेश तालिममा धेरै छनोट हुने गरेका छन् । अझ प्रहरी महानिरीक्षकको सचिवालयमा काम गर्ने सबैजसो अधिकारी विदेश तालिममा छनोट हुने गर्छन् । प्रवक्ता पोखरेल विदेश तालिमसम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन गरिएको बताउँछन् ।

एफबिआई तालिम नै गुम्यो
अमेरिका सरकारले दिँदै आएको एफबिआई तालिमको कोटा नै गुमेको छ । अमेरिकी सरकारले पठाएको मापदण्डअनुसार उम्मेदवार सिफारिस नहुँदा कोटा गुमेको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक खनालले मादपण्डभन्दा आफूनिकट अधिकारीको नाम सो तालिमका लागि पठाएपछि दूतावासले अस्वीकार गरेको हो । तालिमको प्रस्ताव आउँदै निश्चित व्यक्तिलाई तोकेर आएकाले सो तालिममा समस्या भएको प्रहरी प्रवक्ता पोखरेलको दाबी छ । एफबिआई तालिमलाई नेपाल प्रहरीको सबैभन्दा आकर्षक तालिम मानिन्छ । वर्षौँदेखि सो तालिममा नेपाल प्रहरीबाट सहभागिता हुँदै आएको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।