७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण अवस्थाको मन्दिरको पुनः निर्माण



अ+ अ-

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ । फिदिम नगरपालिकाको रु आठ लाख र विभिन्न सङ्घ संस्था, व्यक्तिको सहयोग गरी रु २४ लाख २५ हजारको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

सदरमुकाम फिदिमको मुटुमा अवस्थित उक्त शिवालय मन्दिर मर्मतसम्भार र संरक्षणको अवस्थामा भत्किन लागेपछि मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरको पर्खाल निर्माण, घेराबार, छाना निर्माण, राधाकृष्ण, शिव र गणेश मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो ।

यस्तै उक्त मन्दिर परिसरमै सुनचाँदी व्यवसायी सङ्घ पाँचथरको पहलमा विश्वकर्मा मन्दिरसमेत निर्माण गरिएको सङ्घका अध्यक्ष विमल धमलाले बताउनुभयो ।