१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण अवस्थाको मन्दिरको पुनः निर्माण



अ+ अ-

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ । फिदिम नगरपालिकाको रु आठ लाख र विभिन्न सङ्घ संस्था, व्यक्तिको सहयोग गरी रु २४ लाख २५ हजारको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

सदरमुकाम फिदिमको मुटुमा अवस्थित उक्त शिवालय मन्दिर मर्मतसम्भार र संरक्षणको अवस्थामा भत्किन लागेपछि मन्दिर निर्माण गरिएको हो । मन्दिर परिसरको पर्खाल निर्माण, घेराबार, छाना निर्माण, राधाकृष्ण, शिव र गणेश मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो ।

यस्तै उक्त मन्दिर परिसरमै सुनचाँदी व्यवसायी सङ्घ पाँचथरको पहलमा विश्वकर्मा मन्दिरसमेत निर्माण गरिएको सङ्घका अध्यक्ष विमल धमलाले बताउनुभयो ।




भर्खरै