३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री
अ+ अ-

–पूर्णप्रसाद मिश्र
काठमाडौं । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ ।

बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक, सांस्कृतिक, प्राकृतिक र राजनीतिक दृष्टिले महत्वपूर्ण सुन्दरीजल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।

‘मानव कल्याणका लागि अन्यायका विरुद्ध शिवपुरीको यो क्षेत्रमा शिव पार्वतीले ध्यान तपस्या गर्नुभएजस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेता गणेशमान सिंह, महेन्द्रनारायण निधिले यहीँको जेलमा बसेर जनअधिकारका लागि काम गर्नुभयो, यसले पनि यो स्थानलाई थप पवित्र बनाएको छ’, उनले भने ।

यस्तो पवित्रस्थलमा आउने जीर्ण सडकमा सरकारको आँखा पुग्न नसकेको उल्लेख गर्नुहुँदै नेपाली काङ्ग्रेसको उपसभापतिसमेत रहेका नेता निधिले भगवान् शिवको त्रिनेत्रले सरकारको आँखा खोलोस् भनी कामना गरे ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।प्रदीप ढकालले सुन्दरीजलबाट शुद्ध जल लिई बोलबम यात्रा गरेर पशुपतिनाथ मन्दिरमा चढाउन चाहने भक्तजनका लागि विशेष व्यवस्था गरिएको बताए । बोलबम यात्रीलाई पशुपति मूल मन्दिरमा प्रवेश गरी जल चढाउन बेग्लै लामको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले चालू आर्थिक वर्षमा सुन्दरीजलमा बोलबम धाम निर्माण गर्न रु एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । धामका लागि ४६ रोपनी जग्गाको व्यवस्थासमेत नगरपालिकाले गरिदिएको उनको भनाइ थियो ।

अर्को वर्षको बोलबम यात्रा बेला धाम एवं सुन्दरीजल आउने सडक पनि बनिसक्ने नगर प्रमुख चालिसेको भनाइ थियो । सङ्घका अध्यक्ष तुलसी रौनियारले भारतको बाबाधाममा हुने बोलबम यात्रामा भारतीय सरकारले सबै व्यवस्था गरिदिने गरेको उल्लेख गर्नुहुँदै नेपालमा भने ४४ वटा उपसमिति गठन गरेर रु ३२ लाख चन्दा उठाउनुपरेको गुनासो गरे ।

गोकर्णेश्वर नगरपालिकाले थोरै सहयोग गरे पनि प्रदेश एवं सङ्घीय सरकारबाट बोलबम यात्राका लागि केही सहयोग नभएको उनले बताए । सुन्दरीजलमा बोलबम यात्रा गर्न भारतीय पर्यटकसमेत आउन इच्छा गर्ने भए पनि पर्यटकीय पूर्वाधार बन्न नसकेको उनको भनाइ थियो ।
सुन्दरीजलमा धर्मशाला निर्माणका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयसँग रु १० करोड सहयोग माग गरिएको सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष सफल बनाउन पनि सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भएकाले धाम, धर्मशाला जस्ता संरचना बनाउन ढिलाइ गर्नु नहुने बोलबम यात्रीको माग छ ।

पशुपतिनाथलाई सोमनाथ, मल्लिकार्जुन, महाँकाल, ओमकार, केदार, भीमशङ्कर, विश्वेश्वर, त्रयम्बक, वैद्यनाथ, नागेश, रामेश्वर र घृश्णेश्वर गरी द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा वैदिक सनातन धर्मावलम्बीले पुज्ने भएकाले पनि धेरै मानिस दर्शन एवं पूजाआजाका लागि यहाँ आउन चाहन्छन् । तर त्यसका लागि पूर्वाधारलगायत संरचना विकास हुन सकेको छैन ।

विसं २०४५/२०४६ तिर सीमित तराईवासीले मात्र सुन्दरीजलबाट पशुपतिनाथ जल लगेर चढाउँथे । हाल त्यो सङ्ख्या सयौँ गुणा बढिसकेको छ । बोलबम यात्राले सुन्दरीजल क्षेत्रको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । साउन महीनामा धेरै व्यापार हुने गरेको यहाँका होटल व्यवसायी गौतम श्रेष्ठले बताए ।

बोलबमका लागि आवश्यक पर्ने कपडा, भाँडाकुँडाको व्यवसाय पनि उस्तै फस्टाएको छ । बोलबम यात्राका लागि पर्याप्त शौचालयको व्यवस्था हुन नसक्दा साउन महीनामा उपत्यकाको खानेपानीको स्रोतसमेत भएको ठाउँमा प्रदूषण फैलने गरेको छ । यसतर्फ नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोलबम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ ।
पशुपतिमा बिहानैदेखि भीड

साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको कोषका सदस्य सचिव ढकालले राससलाई जानकारी दिए ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ ।

रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिए ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् ।

यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ ।

गोकर्णेश्वरमा उल्लेख्य भक्तजन

राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ । सुन्दरीजलबाट शुद्ध जल लिई आउने भक्तजनले गोकर्णेश्वरलगायत बाटामा पर्ने शिवालयमा जल चढाउँछन् । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।

नागेश्वरमा भक्तजनको भीड

यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नैीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै स्वंयसेवकहरु समेत खटाइएको छ ।