२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारी र अध्ययनबाट फर्किएकालाई विशेष उपहार, अब ३ प्रतिशत ब्याजमै ऋण पाइने



अ+ अ-

काठमाडौ। वैदेशिक रोजगारी र विभिन्न मुलुकमा अध्ययन गरि फर्किएका युवाले विशेष उपहार पाउने भएका छन । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारी र अध्ययनबाट फर्कने युवालाई असल कर्जामा दिइने ब्याजदरमा १ प्रतिशत घटाएर स्वदेशमै उद्यमी बन्नकालागि यस्तो उपहारको व्यवस्था गरेको हो । सोमबार निर्देशिका जारी गरि राष्ट्र बैंकले हाल कायम गरिएको ४ प्रतिशत ब्याजदरलाई ३ प्रतिशतमा झारेको हो । जसका कारण विभिन्न कारणले बाध्यतावस वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएर केही उद्यम गर्न चाँहने नेपाली कामदारलाई निकै राहात हुने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले असल कर्जामा लाग्ने ४ प्रतिशत ब्यादजरलाई १ प्रतिशत कम गरी ३ प्रतिशतको व्यवस्था गर्न निर्देशन दिएको राष्ट्रबैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशिकामा वैदेशिक रोजगारी र अध्ययन गरी फर्कने युवालाई आफ्नै देसमा उद्यम गर्नकालागि प्रोत्साहन गर्न यस्तो निर्देशन दिएको हो ।

सोही लक्ष्य अनुरुप राष्ट्र बैंकले सार्वजनिक गरेको निर्देशिकामा जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्यपालन व्यवसाय विदेशमा रोजगारी वा अध्यययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन, उद्योग र भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

यस्तो पनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन–२०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा दिइने समेत उल्लेख गरिएको छ । त्यसैगरि, साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यसअघि ऋणीबाट ८ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो । त्यस्तै, साना तथा मझौला उद्यममा पुनरकर्जा लिनेसँग पनि वार्षिक ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने उल्लेख छ ।
परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने उल्लेख छ । यो व्यवस्था यसअघि ५ प्रतिशत कायम गरिएको थियो । साथै यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने उल्लेख गरिएको छ । यस अघि यो व्यवस्था १० प्रतिशत कायम थियो ।

बैंकका सिइओको उमेर हद तोकियो

यसैगरि, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा संचालकको उमेर हद तोकेको छ । सोमबार एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले पहिलो पटक बैंकका संचालक समिति सदस्य तथा सिइओको उमेर हद तोकेको हो । राष्ट्र बैंकले तोकेको उमेर हद अनुसार अब ६९ वर्ष पुगेका कोही पनि व्यक्ति बैंक तथा वित्तीय संस्थामा सिइओ रहन पाउने छैनन्। यसैगरी, ६५ वर्ष पूरा भएका व्यक्ति पनि सिइओ नियुक्त हुन वा पुनः नियुक्त नहुन नपाउने भएका छन् ।

६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त र पुन नियुक्त हुन योग्य हुने छैन। साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन सक्ने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ । यसैगरी ७० वर्ष नाघेका व्यक्ति संचालक समितिको कुनै पनि पदमा नियुक्त हुन नपाउने भएका छन् भने ७४ वर्ष पूरा भएका व्यक्ति कुनै बैंकको सञ्चालक समितिमा सदस्य रहे ती व्यक्तिले पनि सो पद त्याग्नु पर्ने भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।