३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

त्रिवि सामु निरीह बन्दै कृषि विश्वविद्यालय

त्रिवि सामु निरीह बन्दै कृषि विश्वविद्यालय
अ+ अ-

काठमाडौँ । कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को हाताभित्र अन्तर्गतको संकायका विषय पठनपाठन हुने भवन मात्रै रहनेछन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको रामपुरमा भरतपुर महानगरले धुर्मुस–सुन्तली फाउन्डेसनसँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै छ । त्यसको आडैमा त्रिभुवन विश्वविद्यालयको इन्जिनियररिङ कलेज पनि सञ्चालन हुने भएको छ ।

हेटौंडामा एकै परिसरमा त्रिवि र एएफयूको वन विज्ञान विषय पढाइ हुने गरेको छ। विश्वविद्यालय सञ्चालनमा आएको १० वर्ष पुगे पनि एएफयूको नाममा जग्गाको लालपुर्जा छैन। जग्गाका लागि त्रिविसँग लड्दै आएको एएफयू पछिल्लो समय निरीह जस्तै भएको छ। एएफयू परिसरको जग्गा त्रिविले सहजै उपभोग गर्न पाउँदा एएफयूलाई भने त्यस्तो सुविस्ता छैन।

महिना दिनअघि असार दोस्रो साता हेटौंडामा एएफयूले भवन बनाउन खोज्दा त्रिविसम्बद्ध अधिकारीहरू प्रतिरोधमा उत्रिए। पछि एएफयूले त्यहाँ भवन नै बनाउन नसक्ने अवस्था आयो। तर आइतबार रामपुरमा अर्कै माहौल थियो। त्रिविका उपकुलपति तीर्थ खनिया पुगेर इन्जिनियरिङ कलेज शुभारम्भको औपचारिक घोषणा गरे। भरतपुर–मेघौली सडकको आडमा क्याम्पसको बोर्ड राख्दा प्रतिवाद गर्ने कोही निस्केन।

भरतपुर महानगरपालिकाका मेयरदेखि जिल्लाका प्रमुख दलका अगुवाहरूसमेत सहभागी कार्यक्रममा इन्जिनियरिङ कलेज खुल्नु जिल्लाका लागि गर्वको कुरा भएको भाषण गरेर वक्ताहरू बाहिरिए। साँझपख एएफयूका रजिस्ट्रार प्राडा मनराज कोलाक्षपतिले प्रेस विज्ञप्ति निकालेर जग्गासम्बन्धी विवाद नसुल्झँदै त्रिविले विश्वविद्यालय परिसरभित्र इन्जिनियरिङ कलेज खोल्नु नीति र नियमसंगत देखिँदैन भने।

महिना दिन नबित्दै रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालनमा आउनु थियो भने हेटौंडामा एएफयूले भवन बनाउँदा पदाधिकारीहरू विरोधमा किन उत्रिए भन्ने प्रश्न खडा भएको छ। सरकारले त्रिवि र एएफयूबीच चलेको सम्पत्ति विवाद समाधान गर्न गीताभक्त जोशी आयोगले औंल्याएको क्षेत्रभन्दा बाहिर गएर एएफयूले भवन बनाउन थाल्यो भन्दै हेटौंडामा त्रिविका पदाधिकारीहरूले प्रतिवाद गरेका थिए। तर जोशी प्रतिवेदन कार्यान्वयन गर्न त्रिविकै रजिस्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले दिएको प्रतिवेदनअनुसार हेटौंडामा आफूहरूले भवन बनाउन खोज्दा त्रिविबाट अवरोध आएको एएफयूका पदाधिकारी बताउँछन्। रामपुरमा भने त्रिविले उप्रेती कार्यदलले औंलाएको ठाउँमा नै इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी अगाडि बढाएर बोर्डसमेत राखेको छ।

‘गीताभक्त जोशी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गठन भएको उप्रेती सरको कार्यदलले औंल्याएको स्थान भनेको एएफयूको जग्गा पश्चिमतर्फ पर्छ। तर उहाँहरू दक्षिण–पूर्व आएर भवन बनाउन थालेपछि हामीले विरोध गरेका हौं,’ त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान हेटौंडाका प्रमुख विजय यादवले भने। पछि उच्च अदालतले नै एएफयूलाई भवन बनाउन रोकेको जानकारी उनले दिए।

२०६७ को असारमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भएको हो। त्रिविअन्तर्गतका दुई क्याम्पस रामपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस र हेटौंडाको वन क्याम्पसलाई गाभेर कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाउने त्यो बेला जारी भएको ऐनमा उल्लेख छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा रहने ऐनमा छ। दुई क्याम्पस गाभेर विश्वविद्यालय बनाउने भएपछि ती क्याम्पसको सम्पत्ति आफ्नो हुने कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारीले दाबी गर्दै आए। एएफयूले अदालतमा मुद्दा दायर गरे पनि यो विषय किनारा लाग्न सकेको अवस्था छैन।

यसैबीच ०७२ सालको चैतमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य गीताभक्त जोशीको संयोजकत्वमा कार्यदल बनेको थियो। वर्ष दिनपछि उक्त कार्यदलले सुझाव दिएको थियो। त्यसमा रामपुरमा रहेको ३ सय ३८ बिघा जग्गामध्ये ४० बिघा १९ कट्ठामा त्रिविको भोगाधिकार रहने र हेटौंडाको १ सय ५८ बिघामध्ये एएफयूको भोगाधिकार ६० बिघामा रहने प्रस्ताव छ। जसलाई मन्त्रिपरिषद्ले पारित गरेको छ। दुवै विश्वविद्यालयले पनि यसलाई स्वीकार गरेका छन्। तर जोशी कार्यदलले रामपुरमा त्रिविले र हेटौंडामा एएफयूले पाउने भनेको जग्गामा राजमार्गको पहुँच थिएन।

त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीको कार्यदलले बाटोको पहुँच हुने गरेर जग्गा साटफेर गर्ने सहमति गरेको थियो। त्यही सहमतिअनुसार हेटौंडा राजमार्ग छेउमा पहुँच पुग्ने जग्गामा आफूहरूले भवन बनाउन खोज्दा बनाउन नपाएको एएफयूका उपकुलपति ईश्वरीप्रसाद ढकाल बताउँछन्। एएफयू रजिस्ट्रार कोलाक्षपतिले निकालेको विज्ञप्तिमा न्यायसंगत बाटो छाडेर त्रिवि बल मिच्याइँमा लागेको उल्लेख छ। जग्गासम्बन्धी विवाद हल गरेर मात्रै रामपुरमा आफ्नो कार्यक्रम सञ्चालन गर्न उनले त्रिविलाई अनुरोध गरेका छन्। जग्गा विवाद समाधान नहुँदासम्म त्रिविका गतिविधि हुन नदिन उनले जिल्लाका सरोकारवालाई गरेको अपिलप्रति सरोकार राख्ने कोही निस्केका छैनन्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।