२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ अर्बको ठेक्का, प्रगति शून्य



अ+ अ-

मनाङ । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो ।

ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ ।
कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ ।

यस्तै चामे–स्वर्गद्वारी सडक स्तरोन्नितका लागि ११ करोड रहेको सडक डिभिजन कार्यलयको तथ्यङकमा रहेको छ । यी सबै ठेक्का एउटै कमपनीले लिएर समयमा काम नगर्दा समेत सडक डिभिजन कार्यालय मौन रहेको छ । कतै सडक डिभिजन कार्यालका कर्मचारी नै संलग्न रहेका छन् कि भनी आशंका पैदा भएको छ ।

उसो त ठेकेदार कम्पनी क्याराभानले लमजुङ र मनाङको सिमानामा निर्माण गरेको मोटरेवल पुल बगाएपछि सिधा यातायात चल्न सकेको छैन । कमजोर ठाउँमा पुल निर्माण गरेकाले पुल बगाएको जानकार बताउँछन् । यति मात्रै होइन क्याराभानले माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मस्र्याङ्दी नदीमा निर्माण गरेको पुल समेत भत्किएको छ ।

क्याराभानले जिल्लाको दूधखोला, पिसाङलगायतका खोलामा पिलर मात्रै बनाएर छाडेको पनि वर्षौं बितिसक्दा पनि काम गरेको छैन । जिल्लाका सांसदहरुले पनि पूर्वाधार विकासमा खासै चासो नदिएको आरोप जनप्रतिनिधिको छ ।

मनाङमा कामभन्दा पनि ठेक्का ओगटेर राख्ने क्याराभानलाई पटकपटक म्याद थप्ने तर काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै सडक डिभिजन कार्यालय दमौली भौगोेलिक विकटतालाई दोष दिन्छ ।
क्याराभानले चामे–स्वर्गद्वारी सडक स्तरोन्नतिको काममा समेत ढिलाइ गरेको छ । पछिल्लो समय सडक विभागकै कम चासोमा परेको बेंसीशहर–चामे सडकमा आवश्यक पूर्वाधार निर्माण नहुँदा नागरिकले सास्ती खेप्नुपरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै