३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

देशभरका ठूला अस्पतालकै प्रयोगशाला न्यूनस्तरका

देशभरका ठूला अस्पतालकै  प्रयोगशाला न्यूनस्तरका
अ+ अ-

काठमाडौं । देशभरका नाम चलेका ठूला अस्पतालकै प्रयोगशाला न्यूनस्तरका रहेको पाइएको छ । सबै अस्पतालका प्रयोगशालालाई वर्गीकरणमा आउन सूचना जारी गरे पनि न्यूनस्तरको रहेकाले वर्गीकरणमा आउन नचाहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

वर्गीकरण नगरेका प्रयोगशाला अनधिकृत हुने भएपछि उनीहरू दबाबमा परेको केन्द्रीय प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । सरकारले जुनस्तरको सेवा छ, त्यहीअनुसार वर्गीकरण चिठी दिने भएपछि अस्पतालहरूले पत्र बुझ्न अस्वीकार गरेको उनले बताए ।

स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका, २०७३ ले वर्गीकरणको व्यवस्था गरेको छ । सोही निर्देशिकाका आधारमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले वर्गीकरणका लागि प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल मेडिसिटी अस्पताल र केही डायग्नोस्टिक सेन्टर मात्रै ए समूहमा परेका छन् । अधिकांश सी समूहमा परेका छन् । उनीहरूले बी समूहमा राखिदिन दबाब दिएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । ‘धेरै अस्पतालका प्रयोगशाला सी र डी समूहमा छन् । उनीहरू लजाएर वर्र्गीकरणमा आउन चाहेका छैनन्,’ प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन्, ‘काठमाडौं मोडल अस्पतालले पनि वर्गीकरणका लागि निवेदन दिएको थियो, तर सी समूहमा राख्न उपयुक्त देखियो । उसले बी मागेर वर्गीकरण स्वीकार गरेन ।’

ए समूहमा नेपाल मेडिसिटी अस्पताल, नेसनल रिफ्रेन्स ल्याब्रोटरी, सूर्य डायग्नोस्टिक, सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी परेका छन् । बी समूहमा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताल, बिरगञ्जको तराई अस्पताल, स्टार अस्पताल छन् । सी समूहमा पोलिक्लिनीकहरू रहेका छन् । केन्द्रिय प्रयोगशालाका सुचना अधिकारी गुप्ताले ढिलो चाडो सबै वर्गिकरणमा आउनै पर्ने बताए । हालसम्म कुनै पनि मेडिकल कलेजहरूले निवेदन दिएका छैनन् ।

कुन समूहमा कति परे
ए समूह : ७
वी समूह : २९
सी समूह : १९६
डी समूह :५९

ए र बी समूहका स्वास्थ्य प्रयोगशाला निरीक्षण

सय भन्दा बढि मासिक ‘बायोप्सी’ भएका प्रयोगशालाको आफ्नै हिस्टोप्याथोलोजी सुविधा र प्याथोलोजिष्ट हुनुपर्ने छ ।

प्राविधिक सुपरभाइजर र रिपोर्ट प्रमाणित गर्ने व्यक्ति ३ बर्ष ९बी समूह० र ५ बर्ष (ए समुह) अनुभव भएको ।

आइसीयूमा माइक्रोबायोलोजी परिक्षणको सुविधा र माइक्रोबायोलोजिष्ट हुनुपर्छ ।

सी र डी समुहको प्रयोगशालाले आफू कहाँ नहुने कुनै परीक्षणको लागि नमूना संकलन गरी रिफरल प्रयोगशालाको मान्यता प्राप्त बी र ए समुहको प्रयोगशालामा पठाउन सक्नेछ । तर सो परिक्षण बी र ए समुहको प्रयोगशालाले देश भित्रकै आफ्नो मुख्य प्रयोगशाला वा आफ्नो कुनै शाखामा गर्न सक्ने हुनुपर्छ ।

कस्ता ल्याबलाई कति चाहिन्छ क्षेत्रफल ?

प्रयोगशालाको क्षेत्रफल बी समूहको हकमा एक हजार र ए समूहको हकमा दुई हजार स्क्वायर फिट अनिवार्य हुनुपर्छ ।

डी समूहका लागि न्यूनतम २५० र सी समूहका लागि ४०० स्क्वायर फिट एरिया हुनुपर्नेछ ।

ई समूहका लागि १५० स्क्वायर फिट एरिया, तर यो सरकारी स्तरमा हेल्थपोस्टमा आधारित हुनेछ ।

नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।