३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

महानगरीय प्रहरीले बनायो अत्याधुनिक भवनको नक्सा

महानगरीय प्रहरीले बनायो अत्याधुनिक भवनको नक्सा
अ+ अ-

काठमाडौं । मुलुकको राजधानी सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर काठमाडौंको अत्याधुनिक भवन निर्माण दसैँलगत्तै सुरु हुने भएको छ । भवनका लागि आवश्यक नक्सा तयार भइसकेको छ ।परिसरका अनुसार सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन बन्नेछ । कुल क्षेत्रफलमध्ये ६ रोपनी जग्गामा भवनको जग बस्नेछ । भवन आठ तलाको हुनेछ । जसमा प्रहरीको मुख्य कार्यालय रहनेछ । मुख्य कार्यालयको बायाँतर्फको भागमा प्रहरीको ब्यारेक रहनेछ । जुन चार तलाको हुनेछ । कार्यालयको दायाँतर्फको भागमा भने हिरासत कक्ष रहनेछ । उक्त कक्ष पनि चार तलाकै हुनेछ । कार्यालयको बायाँतर्फका अर्का दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ । दायाँतर्फको अर्का दुई तला भने उजुरी कक्षका रूपमा प्रयोग गरिनेछ ।

अन्डर ग्राउन्डमा एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अट्ने अत्याधुनिक पार्किङ रहनेछ । भवनमा मुख्य भागको आठ तलासम्मै पुग्ने अत्याधुनिक लिफ्ट रहनेछ । भवनभित्र दुई सयजना अटाउने अत्याधुनिक कन्फरेन्स हल रहनेछ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि भवनभित्रै रहनेछ । प्रहरीका लागि सुविधा सम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्रै रहनेछन् । भवनका प्रत्येक कक्षमा प्रकाशको पहुँच पुग्ने गरी नक्सा बनाइएको प्रहरीले जनाएको छ । वास्तु विज्ञानलाई पनि उत्तिकै ध्यान दिइएको छ । विशेष गरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा वास्तु विज्ञानलाई ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।

भवनभित्र प्रविधि प्रयोगलाई पनि उत्तिकै ध्यान दिइएको छ । भवनको सम्पूर्ण भाग सिसिटिभीको निगरानीमा रहनेछ । अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’ बनाइनेछ । अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने गरी प्रविधि जडान गरिनेछ । भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको पनि डिजाइन गरिएको छ । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले अत्याधुनिक भवन अबको साढे दुई वर्षभित्र तयार भइसक्ने बताए । उनले भने, ‘भवनको नक्सा बन्यो । भदौबाट निर्माणका लागि टेन्डर हुनेछ । टेन्डर सेलेक्सनलगत्तै काम सुरु हुनेछ । सम्भवतः दसैँलगत्तै काम सुरु हुनेछ ।’

वसन्तपुरस्थित हनुमान ढोकामा रहेको परिसर १२ वैशाख ०७२ को भूकम्पपछि टेकुमा सारिएको थियो । अहिले पनि प्रहरी परिसर सोही स्थानमा छ । केही महिनाअघि भवन निर्माण गर्न सरकारले एक अर्ब २० करोड रुपैयाँ निकासा गरेपछि परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा खरिद गरेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।