• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेपाल र अंग्रेजबीच भएको बहुचर्चित सुगौली सन्धिको मूल प्रतिबारे सरकार नै अनभिज्ञ



काठमाडौं । समितिले न पुराना सन्धिरसम्झौता भेट्यो न खोजेअनुसार ‘ग्रेटर नेपाल’को सक्कलीप्रति भेट्यो । ऐतिहासिक महत्वका दस्ताबेजहरूको खोजी, संरक्षण र संवद्र्धन गर्ने भनेर खटिएको समिति कहीँकतै त्यस्ता ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री भएको छनक नपाएपछि निराश बन्यो । त्यसपछि समितिले सरकारसँगै सोधपुछ गर्ने निर्णय गरेको थियो । ‘यस्ता महत्वपूर्ण चिजबिजहरूको सुरक्षा गर्नुपर्नेमा हामीलाई त कहाँ छ भन्नेबारेमा पनि थाहा छैन,’ समिति सभापति रामनारायण बिडारीले भने, ‘कसैलाई मतलबै छैन ।’

ऐतिहासिक दस्ताबेजहरूको खानी भनिएको राष्ट्रिय अभिलेखालयमा पनि समितिले सुगौली सन्धि र सन् १९५० को सन्धिको सक्कलप्रति (ओरिजिनल कपी) फेला पर्न सकेन । कहीँकतै दस्ताबेजहरू भेटाउन नसकेपछि समितिको ५ साउनको बैठकमा भनियो, ‘राष्ट्रिय महत्वका दस्ताबेजहरूलाई कहाँ कसरी राख्ने भन्नेबारेमा सरकार गम्भीर देखिएन ।’ अहिले समितिले यिनै दस्ताबेजहरूमाथि मन्त्रालयको धारणा लिइरहेको छ ।

मन्त्रालयसँग छलफल गर्ने क्रममा मंगलबार समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो । मन्त्रीसँग समिति सदस्यहरूले पुराना दस्ताबेज र नयाँ दस्ताबेजहरूको सुरक्षा केरकसरी भइरहेको छ भन्नेबारे पनि जिज्ञासा राखे । नयाँरपुराना सबै ‘डकुमेन्ट’हरू मन्त्रालयले सुरक्षाका लागि राष्ट्रिय अभिलेखालय पु(याएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका थिए ।

राष्ट्रिय अभिलेखालय ऐनले २५ वर्ष वा सोभन्दा पुराना कागजपत्रहरू सबै कार्यालयले राष्ट्रिय अभिलेखालयमा पुर्याउनुपर्ने बताएको छ । राष्ट्रिय अभिलेखालय ऐनको दफा ६ मा कार्यालयले राष्ट्रिय अभिलेखालयमा कागजात पठाउने व्यवस्था गरेको छ । हस्तलिखित ग्रन्थ, किताब, प्रतिवेदन, आर्थिक विवरण, सन्धि सम्झौता, पत्र–पत्रिका, चिठी–पत्र, लिखत, चित्र, तस्बिर, नक्सा, योजना, चार्ट, फाइल, मिसिल, रजिस्ट्रर वा कुनै प्रकाशन राष्ट्रिय अभिलेखालयमा पुर्याउनुपर्ने ऐनमा उल्लेख छ । त्यस्तै, फिल्म, माइक्रो फिल्म, टेप, चलचित्र, कम्प्युटर, डिस्क, कम्प्युटर क्यासेट पनि अभिलेखालयमा पुर्याउनुपर्छ ।

ऐनअनुसार पनि सुगौली सन्धि वा अन्य सन्धिहरूको ‘ओरिजिनल कपी’ राष्ट्रिय अभिलेखालयमा हुनुपर्ने हो । तर, संसदीय समितिले त्यहाँ पनि दस्ताबेज नभएको प्रतिवेदन तयार पारेको थियो । मन्त्रालयले त दस्ताबेज राखेको होला भन्ने समितिको अनुमानले सही बाटो समातेन । दस्ताबेज कहाँ छन् भन्नेबारेमा मन्त्रीहरूबाट ठोस उत्तर आएन । बरु, थप अध्ययन/अनुसन्धान गर्नुपर्ने जवाफ दिएर मन्त्रीहरू समितिबाट बाहिरिए । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मार्च ४ मा गरिएको सुगौली सन्धिको सक्कलप्रति कहाँ छ भन्नेबारे सरकार नै बेखबर देखिएको छ । सन्धिको सक्कलप्रति कहाँरकसलेरकसरी सुरक्षित राखेको छ भन्नेबारे सम्बन्धित अधिकारीले अनभिज्ञता देखाएका हुन् । सुगौली सन्धि मात्र हैन, १९५० को सन्धिको सक्कलप्रतिबारे पनि सरकारलाई पत्तो छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’मा ती दस्ताबेज कहाँ छन् भन्नेबारेमा प्रस्ट जवाफ दिएनन् । उनले भने, ‘सुगौली सन्धि, १९५० को सन्धिका बारेमा प्रश्नहरू यथावत् नै छन् ।

ब्रिटिस लाइब्रेरी र कलकत्ता लाइब्रेरीमा पनि खोजीकार्य भइरहेको छ । केही महत्वपूर्ण दस्ताबेजहरूचाहिँ कानुन मन्त्रालयमा पनि छन् । यहाँ भएका र बाहिर भएका डकुमेन्टहरूलाई अध्ययन गरेपछि मात्र हामीसँग के–के दस्ताबेज रहेछन् भन्नेबारे थाहा हुन्छ ।’विगतमा ‘डकुमेन्टेसन’ गर्ने राम्रो व्यवस्था नहुँदा पनि महत्वपूर्ण दस्ताबेजहरूको सुरक्षा हुन नसकेको उनले स्विकारे । केही दस्ताबेजहरू दरबारमै छुटे वा नष्ट भए वा राजाले लगे कि भन्नेबारेमा पनि उनले शंका व्यक्त गरे ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल त महत्वपूर्ण दस्ताबेजहरू कहाँ छन् भन्नेबारे बोल्दै बोलेनन् । बरु यसबारेमा आफूसँग तयारी नरहेको बताए । ठूला महत्वका दस्ताबेजहरू के–के हुन् भन्नेबारेमै आफू ‘कन्फ्युजन’मा परेको उनको भनाइ थियो । ‘समितिको बैठकमा म त गफ सुन्न मात्र आएको हुँ । सन्धि सम्झौताहरू कतारकता परेका छन् भन्नेबारेमा बोल्नका लागि तयारी छैन,’ उनले भने ।

नेपालका महत्वपूर्ण दस्ताबेजहरू कहाँ छन् भन्नेबारेमा संसद्को ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले केही समयदेखि खोजी गरिरहेको थियो । त्यसका लागि समितिका सदस्यहरू रामशाहपथस्थित राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, राष्ट्रिय संग्रहालय, त्रिवि केन्द्रीय पुस्तकालय, सर्वोच्च अदालत पुस्तकालय, केशर पुस्तकालय, संघीय संसद्को पुस्तकालय, सोसल साइन्स बहा, नारायणहिटी दरबार संग्रहालयसम्म पुगेको थियो । राष्ट्रका महत्वपूर्ण दस्ताबेजहरू संग्रहित हुने सम्भावित ठाउँहरूमा पुग्दासमेत समितिले खोजेको कुरा हात पार्न सकेन ।

यसअघि पनि सुगौली सन्धि वा अन्य विभिन्न सन्धिहरूको सक्कली कपी कहाँ छ भन्नेबारेमा प्रश्न नउठेको होइन । ०६५ फागुन ९ गते तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले महेन्द्रनगरमा भएको एक कार्यक्रममा सुस्ताको नक्सा नेपाल सरकारसँग नभएको बताएका थिए । सुस्तामा भारतले नेपालको सीमा मिचेको समाचार आउन थालेपछि यादवले नेपालको भूमि निर्धारण गरिएको सक्कल नक्सा नेपालसँग नभएकाले सुस्ताको समस्या समाधान गर्न गाह्रो भइरहेको बताएका थिए ।

महत्वपूर्ण अभिलेख र दस्ताबेजहरूलाई जनताको पहुँचमा ल्याउनुपर्नेमा सरकारसँगै सुरक्षित नहुनुले सरकारको गम्भीरतामाथि प्रश्न उठ्ने समिति सदस्य बिडारीले बताए । महत्वपूर्ण ठाउँहरूमा पुग्दासमेत ऐतिहासिक सन्धिका सक्कली कपी नै नभेटिनुले ‘कतै त्यस्ता दस्ताबेज नै छैनन् कि’ भन्ने शंका उब्जाएको छ । योगी नरहरिनाथले आफ्नो पुस्तक ‘सन्धि संग्रह’मा सुगौली सन्धिको सक्कलीप्रतिको प्रतिलिपि छपाएको बताउँछन्, इतिहासविद् रमेश ढुंगेल । उनी भन्छन्, ‘योगी नरहरिनाथले आफ्नो पुस्तकमा सुगौली सन्धिको पहिलो र अन्तिम पेज छपाउनुभएको छ, ओरिजिनल नै । दस्तखत नै छ त्यहाँ । अब अहिले हरायो भन्न कहाँ पाइन्छ ?’

सुगौली सन्धिको ओरिजिनल कपी तीन ठाउँमा हुन सक्ने उनको अनुमान छ । बाबुराम आचार्य, योगी नरहरिनाथ र राजदरबारको लाल ढड्डामा कतै रहेको हुन सक्ने बताउँछन्, उनी । ‘नेपालको सुगौली सन्धिको कपी बेलायतमा छैन । मैले त्यहाँ रहँदा भेटिनँ । एकप्रति नेपालमै हुनुपर्छ । अब कहाँ धमिराले खाएर बसेको छ, त्यो खोज्नुपर्छ,’ उनी थप्छन् ।

पुरानो नक्सा नहुँदा अहिले बेलायतले बनाइदिएको नक्साका आधारमा आफूहरूले नेपालको नक्सा रेखांकनको काम अघि बढाइरहेको मन्त्री ज्ञवालीले समितिलाई जानकारी दिए । ०१४ देखि आफूहरू नेपालको नक्साको नापीमा लागिरहेको उनको भनाइ थियो । ‘वैज्ञानिक रेखांकन अहिले पनि जारी छ । सीमारेखा छुट्याउने काम अघि बढिरहेको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–खोजीकार्य भइरहेको छ, राजाले पो लगे कि ?

सुगौली सन्धि, १९५० को सन्धिका बारेमा प्रश्नहरू यथावत् नै छन् । ब्रिटिस लाइब्रेरी र कलकत्ता लाइब्रेरीमा पनि त्यसको खोजीकार्य भइरहेको छ । केही महत्वपूर्ण दस्ताबेजहरूचाहिँ कानुन मन्त्रालयमा पनि छन् ।

नेपालभित्र भएका र बाहिर भएका दस्ताबेजहरूलाई अध्ययन गरेपछि मात्र हामीसँग के–के दस्ताबेज सुरक्षित रहेछन् भन्नेबारे थाहा हुन्छ ।

विगतमा ‘डकुमेन्टेसन’ गर्ने राम्रो व्यवस्था नहुँदा पनि महत्वपूर्ण दस्ताबेजहरूको सुरक्षा हुन सकेन । केही दस्ताबेजहरू दरबारमै छुटे वा नष्ट भए वा राजाले लगे कि भन्नेबारेमा पनि खोजी हुनुपर्नेछ ।

नरहरिनाथको संकलनमा थियो, कतै धमिराले खाइरहेको होला

रमेश ढुंगेल
इतिहासकार

योगी नरहरिनाथले आफ्नो पुस्तक ‘सन्धि संग्रह’मा सुगौली सन्धिको सक्कलप्रतिको प्रतिलिपि छपाउनुभएको छ ।

उहाँले आफ्नो पुस्तकमा नेपाल र अंग्रेजबीचको त्यस सन्धिको पहिलो र अन्तिम पृष्ठको सक्कल नै राख्नुभएको छ । त्यसमा दुवैतर्फको दस्तखत नै छ ।

अहिले सरकारले हरायो वा कता पर्यो भन्न कहाँ पाइन्छ ? त्यो सरकारी अभिलेखबाटै नरहरिनाथले लगेको हुनुपर्छ । सुगौली सन्धिको मूलप्रति बाबुराम आचार्य, योगी नरहरिनाथ र राजदरबारको लाल ढड्डामध्ये एक ठाउँमा हुन सक्छ ।

तर, सुगौली सन्धिको सक्कल बेलायतमा चाहिँ छैन । मैले त्यहाँ रहेर अध्ययन गर्दा त्यो भेटिनँ । एकप्रति त नेपालमै हुनुपर्छ । कुन ठाउँमा धमिराले खाएर बसेको छ, त्यो सरकारले नै खोज्नुपर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।