३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

बजारको आधा सुन तस्करीबाट आपूर्ति

बजारको आधा सुन तस्करीबाट आपूर्ति
अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले आर्थिक वर्ष २०७/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपुर्ण उपलब्धि मानेको छ ।

हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चेस्थित खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानथस्लबाट चार किलो अवैध सुन बरामद भएको छ । यी दुई घटनाले सुन तस्करको जालो अपत्यारिलो ढङ्गले जरा गाडेर बसेको स्पष्ट हुन्छ । अपराध अनुसन्धान विश्लेषक एवं पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सुन तस्करीमा नेपालको भूमि र भरियामात्र प्रयोग हुने गरेको बताउनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा आयात भएको ३३ किलो सुनकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सुन भरियाको एउटा सञ्जाल भत्काए पनि अन्तर्राष्ट्रिय सुन तस्कर, बेपत्ता ३३ किलो सुन र मालिकको पहिचान गर्न नसक्दा अपराधीको मनोबल बढेको छ । यही साउन ९ गते गोरखाको धार्चेमा १६ किलोसहित स्थानीय खच्चड व्यापारी धनकमल गुरुङ र २० गते आइतबार विमानस्थलबाट चार किलो अवैध सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । यी घटनामा अन्तर्राष्ट्रिय तस्करको संलग्नता देखिन्छ ।

 सेटिङ नभए पक्राउ
शान्तिसुरक्षाको दृष्टिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित तथा संवेदनशील भए पनि सुरक्षाकर्मी र कर्मचारीकै मिलेमतो ९सेटिङ०मा अवैध सुन आयात हुने गरेको पाइन्छ । तर, ३३ किलो सुनकाण्डपछि विमानस्थल सेटिङ सञ्जाल पनि भत्किएको कतिपयको भनाइ छ ।

नेपाल–चीन तातोपानी नाका २०७२ सालको भूकम्पका कारण अवरुद्ध भएपछि नेपाली सुन तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेटिङ’ मिलाएर सुन ल्याउने गरेका थिए । प्रहरी अधिकारीका अनुसार सुन तस्करहरूका लागि हवाईभन्दा स्थलमार्ग निकै सुरक्षित तथा उपयोगी हुने गरेको छ ।

सेटिङमा आएकोबाहेक सबै सुन बरामद गरिने गरेको दाबी नेपाल प्रहरीको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित समितिले पनि विमानस्थलमा तैनाथ सुरक्षाकर्मी र विमान सेवाका कर्मचारीको मिलेमतोमा आउने अवैध सुनबाहेक सबै बरामद गरिने गरेकोे तथ्य सार्वजनिक गरेको छ ।

तस्करीका लागि विमानस्थल र तातोपानी नाका सुरक्षित हुन थालेपछि विकल्पकारूपमा रसुवाको केरुङ र गोरखाको छेकम्पार प्रयोग हुन थालेको पाइन्छ । २०६४ साल भदौमा केरुङबाट काठमाडौँ भित्रिएको एउटा गाडीबाट ८८ किलो अवैध सुन बरामद भएको थियो ।

“केरुङबाट आउँदै गरेको एउटा गाडीमा सुन छ भन्ने सूचना आयो तर ८८ किलो भन्ने कुरा अपत्यारिलो जस्तै थियो”, नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दले भन्नुभयो, “सुन बरामद भयो तर मालिक भेटिएन र बजार भने छिमेकी मुलुक भारत रहेछ ।” विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ नमिलेको अवस्थामा र भरियाहरूबीच नै कमिसनको लेनदेन नमिलेको अवस्थामा मात्र विशेष सुराकीका आधारमा प्रहरीले अवैध सुन बरामद गर्ने गरेको दाबी छ । अन्यथा सुन बरामद गर्न समस्या रहेको अनुभव चन्दको छ ।

आधा मात्र वैधानिक आपूर्ति
अवैध सुन ओसारपसार तथा कारोबारका लागि नेपाल सुरक्षित मार्ग र बजार हो भन्ने कुरा विगतले देखाइसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहन सुनारका अनुसार अवैध सुनका कारण देशभरका करिब २२ हजार सुन व्यापारीलाई समस्या पारेको छ ।
त्यसमाथि सरकारले सुन आयात निर्यातमा एकद्वार नीति अपनाउँदा वैधभन्दा अवैध सुनले बजार पाएको भनाइ उहाँको छ । नेपाली बजारमा सुनको माग दैनिक ३० देखि ४० किलोसम्म छ तर सरकारले २० किलो मात्र ल्याउन दिने गरेको छ । मागभन्दा आधा मात्र वैधानिक तवरले आपूर्ति हुन्छ । यो तथ्याङ्कले पनि नेपालमा सुनको तस्करी व्यापक रहेको पुष्टि हुन्छ ।

सुनको माग बढेसँंगै आपूर्ति सहज नहुँदा अवैध सुनले बजार पाएको गुनासो व्यवसायीको छ । तर, नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला नेपाली बजारमा सुनको माग मूल्याङ्कन गरी प्रतिदिन २० किलो कोटा निर्धारण गरिएको बताउनुहुन्छ ।

सुन व्यापारी तथा व्यवसायीको सहजताका लागि वाणिज्य बैङ्कहरूबाट केन्द्रदेखि जिल्ला तहसम्म सुन बिक्रीका लागि अनुमति दिइएको छ । उहाँले भन्नुभयो, “व्यवसायीहरूबीचको आन्तरिक विवादका कारण समस्या आएको सुन्नमा आएको छ ।”

सुनचाँदी व्यवसायीहरूका चारवटा सङ्घसंस्था छन् । ती सङ्घसंस्थाको सिफारिसमा व्यवसायी तथा व्यापारीहरूले बैङ्कबाट न्यूनतम एक सय ग्रामदेखि एक किलोसम्म सुन खरिद गर्न सक्ने कानुनी प्रावधान छ ।

अवैध सुनको बजार
विशेष गरी खाडी मुलुकबाट गरगहनाका रूपमा भित्रिने सुनको बजार नेपाल नै हो । बजारमा सुनको माग बढ्दै गएकाले अवैध सुनको आयात बढ्न थालेको हो । सुन व्यवसायीहरूका अनुसार नेपालमा कारोबार हुने ठूलै परिमाणको सुन अवैध भएको अनुमान छ ।

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जन सुनको असहज आपूर्ति तथा आपूर्तिमा एकद्वार प्रणाली लागू हुँदा समस्या भएको बताउनुहुन्छ । “एउटा सामान्य व्यापारीले एक किलो सुन किन्न सक्दैनन्, टुक्रा टुक्रा पारी भागबन्डा गरी खरिद गर्नुपर्छ । यसो गर्दा सुनको मूल्य बढ्न गई उपभोक्ता मारमा पर्छन् । झन्झटिलो बजारका कारण अवैध सुनले प्रश्रय पाएको हो”, उहाँको भनाइ छ । वैधभन्दा अवैध सुन बजारमा बढी देखिन थालेको छ । विवाह, चाडबाड ९सिजन०को समयमा अवैध सुन बढी आयात हुने गरेको छ ।

भारत भवसागर
वल्र्ड गोल्ड फाउन्डेसनका अनुसार भारत सुनको माग हुने विश्वको सबैभन्दा ठूलो बजार हो । धर्म, संस्कृति र संस्कारले पनि सुनप्रति बढी झुकाव राख्ने भएकाले भारतीय नागरिकले जन्मदेखि मृत्यु संस्कारसम्म सुन प्रयोग गर्छन् ।

फाउन्डेसनका अनुसार सन् २०१९ मा भारतमा सुनको माग ७५० टनदेखि ८५० टन पुगेको छ । ५३० टन त गरगहनामै प्रयोग हुन्छ । भारतको सुनको माग चीन र खाडी मुलुकहरूले पूरा गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय सुन तस्करले नेपालको भूमि प्रयोग गरी अवैध सुन भारत पठाउने गरेको पाइएको छ । युरोप, अमेरिका, बेलायत लगायतका विकसित देशमा भने सुनको तुलनामा हीरा, पत्थर, आभूषण बढी प्रयोग हुन्छ ।

कमिसनको चक्करमा भरिया
नेपाल–भारत दुइटै मुलुकमा सुनको व्यापार व्यवसाय गर्दै आएका सुन व्यापारीहरूले अवैध मार्ग प्रयोग गरी सुन ल्याउने गरेको पाइएको छ । उनीहरूको ‘कनेक्सन’ भारतको नयाँदिल्लीदेखि काठमाडौँसम्म हुने गरेको छ ।

खाडीका विभिन्न मुलुक दुबई, कतारका अतिरिक्त हङकङ, सिङ्गापुर, थाइल्यान्ड र चीनबाट नेपाल हुँदै भारतसम्म पुर्याउन नेपाली भरियाका रूपमा प्रयोग हुने गरेका छन् । त्यस्तै चीनबाट स्थल तथा हवाई मार्ग भई आउने अवैध सुन पनि भारत जाने गरेको छ ।

भरियाले एक किलो सुन भन्सार छली गरी सम्बन्धित स्थानमा पु¥याएबापत करिब चार लाख रुपियाँ कमिसन पाउने गर्छन् । खाडी मुलुकबाट ५० ग्राम बोकेर ल्याउँदा पाँच हजार रुपैयाँ फाइदा हुने गरेको छ । त्यस्तै चीनबाट अवैध रूपमा भित्रिएको ठूलो परिमाणको सुन भारतसम्म पु¥याएबापत आठ लाख भारु पाउने भएकाले नेपालीहरू भरियाका रूपमा प्रयोग हुने गरेका छन् ।

पचास ग्राममा लाग्दैन शुल्क
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार ५० ग्रामसम्म सुनका गरगहनामा महसुल लाग्दैन । ५० भन्दा माथि एक सय ग्रामसम्मका गरगहना भएमा प्रति १० ग्राम बराबर सात हजार दुई सय रुपियाँ भन्सार महसुल लाग्छ ।

त्यस्तै ढिका भएमा ५० ग्रामको छ हजार, २५० ग्रामभन्दा माथि भएमा प्रति १० ग्राम सात हजार दुई सय रुपियाँ महसुल तोकिएको छ । एक सय ग्रामभन्दा बढी सुनको गहना तथा ढिक्का पैठारी गरेमा बढी भएको जफत हुने कानुनी व्यवस्था छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।