२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलका अध्यागमन अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ गरेका छन्।

श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पराजुलीलाई पक्राउ गरेको हो।

अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनी पक्राउ परेका अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अध्यागमन अधिकृत पराजुलीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।