१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रान्डीको अझै रोकिएन दादागिरी, चकनाचुर पारिदियो सपना



अ+ अ-

काठमाडौं । कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उहाँहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् हुनुभएको थियो ।

व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदैआउनुभएको थियो । तर त्यस्तो खुशी छाएको ९ महिना पनि नबित्दै कहिल्यै नमेटी पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाउनुभएन उहाँहरूले । यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्राण्डीको एनआइसियू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदै सम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।

दोर्जे भावुक हुँदै भन्नुहुन्छ–जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’

दोर्जे रोकिनै सक्नुहुन्न । उहाँ खुल्न मात्र चाहनुहुन्छ र थप्नुहुन्छ–२४ सैं घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियुमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने÷नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो ।

त्यसको १२ घण्टा नबित्दै बच्चा बचाउन नसकेको भन्ने खबर आयो । दोस्रो बच्चा पनि पीडित छ । एउटा हातको घाउ पाकिसकेको छ भने अर्को हातमा पूरा निलो छ । त्यहाँबाट निशान अस्पताल नलगेको भए सानो बच्चाको पनि त्यही हालत हुने थियो । ग्राण्डीले राक्षसी व्यवहार गरेर एउटा बच्चा मारिदियो, अर्कोलाई असक्त बनायो । निशान अस्पतालले भने ग्राण्डीले अत्यन्तै जटिल अवस्थामा पुर्याएको बच्चाको उपचार गरेर सकुशल फर्काइदियो । हाम्रा जीवनमा निशानका चिकित्सकहरु भगवान नै भैदिए ।’

आफूहरूलाई जस्तै बज्रपात कसैलाई नपरोस् भनेर शुभचिन्तक र आमसञ्चारमाध्यमहरूले साथ दिइरहेको दोर्जे बताउनुहुन्छ । अस्पताल पक्षले आन्तरिक रुपमा घटना मिलाउन मंगलबार नै आग्रह गरे पनि अस्पताल सञ्चालककै समय नमिलेकाले बुधबार वार्ता रद्द गरेको थियो ।

दोर्जेको परिवारले ग्राण्डीमा मृत्यु भएको बच्चाको लाश अहिलेसम्म बुझेको छैन । ग्राण्डीले सार्वजनिक रुपमै गल्ती स्वीकार नगरे र सरकारले छानविन समिति नबनाएसम्म लाश नबुझ्ने उनीहरूको अडान छ ।

सोही अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले भने महाराजगंज प्रहरी बिटबाट खटिएका प्रहरीको रोहबरमा अस्पताल र चिकित्सक कर्मचारीको कमजोरी स्वीकारे पनि उनीहरुउपर कुनै कारवाही नभएको बताउनुभयो ।
यसैबीच नेपाल मेडिकल काउन्सिलले बुधबार यसै बिषयमा उक्त अस्पतालसँग यथार्थता माग गरेको छ ।

यति मात्र हैन एक महिनाअगाडि पनि ग्राण्डी अस्पतालकै एनआईसीयूमा भएको लापरबाहीका कारण सञ्जीव न्यौपानेको बच्चामा एनआईसियू कक्षमै संक्रमण भै ५ पटकसम्म शल्यक्रिया गर्दा जिर्ण बनाएको थियो । उक्त बिषयमा छानविनका लागि मुद्दा दायर भएकाले काउन्सिलले त्यस बिषयमा स्पष्टीकरण माग गरेको छ । काउन्सिलले लिखित उत्तरसहित एनआईसीयू विभाग र अस्पतालका प्रमुखलाई काउन्सिलमा बोलाएको स्रोतले जनाएको छ ।

उक्त अस्पतालप्रति धेरैको धारणा सकारात्मक नभएको दावी गर्दै समाचार स्रोत भन्छ–बिरामीमाथि आर्थिक र मानसिक शोषण गर्दै आएको देख्दा ठूलो आक्रोस उम्लिन्छ । अस्पतालको अनुगमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिल मान्छे मरिसक्दा पनि गम्भीर छैनन् । उनीहरू उल्टै लाचार हुँदै भन्छन्–मिडियाबाट सुनेका हौँ, लिखित उजुरी नपरेकाले छानविन गरेका छैनौँ ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।