३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पूर्वराजा ज्ञानेन्द्र देश छोड्दै

पूर्वराजा ज्ञानेन्द्र देश छोड्दै
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुहुने भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लाग्नुभएको हो ।

उहाँको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उहाँ थाइल्याण्ड जान लाग्नुभएको हो ।

उहाँ त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने हुनुभएको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड जानुभएको छ । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गर्नुभएको छ ।

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गर्नुभएको छ ।

उच्चस्रोतका अनुसार पछिल्लो समय ज्ञानेन्द्रको अधिकांस भ्रमण थाइल्याण्ड मात्र हुने गरेको छ । ‘नेपालबाट अन्य मुलुक जाँदा हल्ला हुने भएकाले नातिनीहरूको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’–स्रोतले नेपाल समाचारपत्रसँँग भन्यो ।

पूर्वराजा ज्ञानेन्द्र वर्षमा दुई पटकभन्दा बढी थाइल्याड जाने गर्नुहुन्छ । उहाँ यसपालि अपार्टमेन्टमा बस्नेगरी थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि दशैँअघि थाइल्याण्ड जानुभएको थियो । नेपाल रहँदा पनि गत वर्ष पूर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजवादीहरूसँग भेट गर्नुभएको थियो ।

भ्रमणमा निजी सुरक्षाकर्मी सशस्त्रका डिएसपी र केही कामदारबाहेक अरुलाई सहभागी गराइने छैन । लामो समयदेखि हिमानी सँगसँगै नबसेका पूर्व युवराज पारस भने नेपालमै रहनुहुनेछ । त्यहाँबाट फर्केपछि उहाँ नेपालमै रहँदै आउनुभएको छ ।

पूर्वयुवराज्ञी हिमानी भने तीन वर्ष अघिदेखि दुई छोरीको उच्च शिक्षा अध्ययन गराउन अधिकांस समय थाइल्याडमै बस्ने गर्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।