३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

नेकपामा रुचि सोधेर सूची

नेकपामा रुचि सोधेर सूची
अ+ अ-

काठमाडौं । ‘तपाईंलाई के काम दिऊँ ? रुचि केमा छ ? ’ झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी। विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।

त्यही जिम्मेवारीअनुसार पौडेल नेताहरूको रुचि बुझेर सूची बनाउन व्यस्त छन्। १३ साउनको सचिवालय बैठकले ३२ केन्द्रीय विभाग र एउटा प्रतिष्ठानमा जिम्मेवारी दिएर परिचालन गर्न खोजेका नेताहरूको रुचि बुझ्ने र त्यही आधारमा कार्यविभाजन प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो।

नेकपा विधानमा केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था छ। त्यही आधारमा ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा ४ (कृष्ण राई– काठमाडौं, रामकुमार यादव–सिरहा, अशोक मण्डल–सप्तरी र राजन दाहाल–सिन्धुली) र जिल्ला सचिवमा २ (हिमाल शर्मा–काठमाडौं, प्रमोदनारायण यादव–सिरहा) गरी २७२ जना नेतालाई भौगोलिक जिम्मेवारी दिइसकेको छ।

नेकपामा दुई अध्यक्ष र महासचिवबाहेक बाँकी १६६ नेताहरूको कार्यविभाजन हुन बाँकी छ। उनीहरूलाई पार्टीले केन्द्रीय विभाग, प्रतिष्ठान, विशेष प्रदेश किमिटी, सम्पर्क विशेष किमिटी, २२ वटा जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज लगायतको जिम्मेवारीमा खटाउन खोजेको छ। ‘करिब–करिब धेरै नेतासँग उहाँहरूको रुचि बुझ्ने काम भइसकेको छ। बाँकी केहीमात्र हुनुहुन्छ होला, उहाँहरूसँग पनि छिट्टै धारणा बुझ्ने काम हुन्छ,’ महासचिव पौडेलले अन्नपूर्णसँग भने, ‘जिल्ला इन्चार्जरसहइन्चार्जको जिम्मेवारी पाएका कमरेडबाहेकसँग धारणा बुझ्ने, सुझाव लिने काम अब सकिएको छ।’

पौडेलले कार्यविभाजन बाँकी रहेका नेतामध्ये केहीलाई प्रत्यक्ष भेटेरै र केही नेतासँग टेलिफोनमा कुराकानी गरेर रुचि बुझेका थिए। ‘तीन दिनअगाडि महासचिवले फोन गर्नुभएको थियो, तपाईंको रुचि के छ ? पार्टीले के काम देओस् भन्ने चाहनुहुन्छ भनेर सोध्नुभयो,’ तत्कालीन एमाले–माओवादी केन्द्रको एकतापछि कामविहीन बनेका नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले अन्नपूर्णसँग भने, ‘तपाईहरुले चिन्नुभएकै छ, मेरो अनुभवका आधारमा जिम्मा दिनुहोस्, पार्टीले दिएको काम गर्छु भनें।’

उनले आफूले विगतमा स्कुलदेखि संगठन विभागसम्मको नेतृत्वमा रहेर काम गरेको अनुभव रहेको र आफ्नो रुचि÷स्वभाव संगठक, परिचालन र प्रशिक्षक बन्न सक्ने खालको भएकाले यसैलाई ध्यानमा राखेर जिम्मेवारी दिन माग गरेको बताए।

उनी मात्रै होइन, अन्य भूमिकाविहीन नेताहरूले पनि सोहीअनुसारको जिम्मेवारी माग गरेको बताए। स्थायी समिति सदस्य गणेश शाहले आफ्नो रुचि र दख्खल पनि विज्ञान/प्रविधिका क्षेत्रमा भएकाले सोहीअनुसारको जिम्मा दिन नेतृत्वसँग आग्रह गरिएको बताए।

नेकपामा अहिले पार्टी सचिवालय सदस्यहरु नै महत्त्वपूर्ण पार्टी विभागको नेतृत्व तोकर बसेका छन्। स्कुल विभागको नेतृत्व टुंग्याउन शीर्ष नेतृत्वलाई सकस परेपछि कार्यविभाजन प्रक्रिया अल्झिरहेको छ।

वरिष्ठ नेता माधव नेपालले विदेश विभाग, झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान वा पाएमा स्कुल विभाग, वामदेव गौतमले संगठन विभाग, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले स्कुल विभागको नेतृत्व ताकेर बसेका छन्। अर्का सचिवालय सदस्य रामबहादुर थापाले भने सचिवालयमा रहेका नेताहरूले विभागीय जिम्मेवारी नलिई स्थायी समितिबाट विभागीय जिम्मेवारी दिनुपर्ने मत सचिवालय बैठकमा राखेका छन्।

नेकपाको ९ सदस्यीय सचिवालयसहितका ४५ सदस्यीय स्थायी समितिमा ३५ नेतालाई पार्टी नेतृत्वले जिम्मेवारी तय गर्नुपर्नेछ। यसमध्येका सचिवालयका २, स्थायी समितिका १३ जना नेता मन्त्री, संसदीय दल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार छन्। तर दोहोरो जिम्मेवारीको मापदण्ड यसअगाडिको कार्यविभाजनमा लागू नभएपछि यी नेताहरूलाई पनि पार्टी कामको जिम्मा नेकपाले दिनुपर्नेछ। केन्द्रीय विभागको नेतृत्व नेकपाले स्थायी समितिबाट दिने गरी तयारी गरेको छ।

महासचिव पौडेललाई नेताहरूको रुचि बुझेर परिमार्जित कार्यविभाजन प्रस्ताव तयार पार्न जिम्मा दिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्केका थिए। दाहाल स्वदेश फर्किसकेका छन् भने ओली अझै ५ दिन सिंगापुरमै रहनेछन्। ओली सिंगापुर फर्किंदासम्म पौडेलले प्रस्ताव तयार पारिसक्ने तयारी गरेका छन्। २८ साउनमा बोलाइएको सचिवालयमा पौडेलको प्रस्ताव पेस हुने नेकपाले जनाएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।