३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

नेपालकी शुभचिन्तक पूर्व विदेशमन्त्री स्वराज

नेपालकी शुभचिन्तक पूर्व विदेशमन्त्री स्वराज
अ+ अ-

काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनले यस क्षेत्रकी एक सशक्त नेतृको अवसान भएको छ। साथै नेपालकी एक शुभचिन्तक पनि गुमेको छ। मंगलबार साँझ नौ बजे टेलिभिजन हेरिरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि ६७ वर्षीया स्वराजलाई एम्स अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल लगिएको केही समयमै मृत घोषणा गरिएको थियो। उनले केही घण्टाअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै आफू यही दिन देख्न पर्खिरहेको बताएकी थिइन्।

जीवनको अन्तिम घडीमा सुषमाले प्रधानमन्त्री मोदीप्रति निकै सम्मान देखाएकी थिइन्। प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्न चाहन्छु भन्दै उनले ट्विट गरेकी थिइन्, ‘यहाँलाई धरैधेरै धन्यवाद १ म जीवनमा यही दिनको प्रतीक्षामा थिएँ।’ मोदीले कश्मीरमा चालेको कदम र संविधानको धारा ३७० खारेजीलाई उनले सम्मान गरेकी हुन्।

उनी कांग्रेस आई सत्तामा रहँदा कटु आलोचक थिइन्। उनले तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई संसद्मा बोल्नै अप्ठ्यारो पार्थिन्। यस क्षेत्रबाट पूर्वीय दर्शन र संस्कृतको प्रमुख प्रवद्र्धकको अन्त्य भएको धारणा भारतीय नेतृत्वको छ। नेपालसँग उनको साइनो जोडिनुको मुख्य कारण पनि भाषा र संस्कृति नै थियो। उनी संस्कृत भाषा अध्ययन गर्नेलाई निकै सम्मान गर्थिन् र आफू निकटको सूचीमा राख्थिन्।

उनले भारतमा पश्चिमा संस्कृतिलाई ओझेलमा राख्न आफ्नो पहिचान सधैं हिन्दु महिलाको आदर्श झल्किने पहिरनबाट दिइरहिन्। यसबाट उनले हिन्दु नारीलाई जोड्ने काम पनि गरिन्। पछिल्लो पटक उनलाई भाजपाले प्रमुख जिम्मेवारी दिने तयारी गर्दै थियो। गत निर्वाचनमा स्वास्थ्यका कारण भाजपाले मैदानमा उतारेन। भारतीय राजनीतिमा उनको भाषणको निकै प्रशंसा हुन्थ्यो। २५ वर्षको उमेरमै सांसद र राज्यमन्त्री बनेकी सुषमा कुनै विरासतबाट राजनीतिमा उदाएकी होइनन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सुषमाको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्याय अन्त्य भएको बताएका छन्। ‘भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्याय अन्त्य भएको छ। भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरिब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पण भएकोमा सधैं सम्झिरहनेछ ,’ मोदीले ट्विट गरेका छन, ‘उहाँ करोडौं जनताका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो।’

उनले विदेशी नागरिकसँग विवाह गरेर आएकी भन्दै सोनिया गान्धी प्रधानमन्त्री बनिन् भने आफू भिक्षुणी हुने घोषणा नै गरेकी थिइन्। अन्त्येष्टिमा समेत पुगेर भारतीय जनता, हिन्दुत्व, पूर्वीय दर्शनमा एउटा ‘पहाड’ नै खसेको धारणा नेतृत्वहरूले व्यक्त गरेका थिए। राजकीय सम्मानका साथ लोधी रोडस्थित विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि गरिएको थियो। छोरी बाँसुरीले दाहसंस्कारको धार्मिक कार्य पूरा गरेकी थिइन्।

सुखद सम्बन्ध

विदेशमन्त्री रहँदा नेपालसँगको सम्बन्ध आरम्भमा सुखद रह्यो। १७ वर्षदेखि हुन नसकेको दुईपक्षीय भ्रमणलाई उनले संयुक्त आयोगको तेस्रो बैठक गर्न नेपालको प्रस्तावलाई सहमति दिइन् र वार्ता भयो। त्यसलगत्तै मोदीले नेपाल भ्रमण गरे। सार्कको १८ औं शिखर सम्मेलन पनि नेपालमा भयो। त्यसमा पनि सुषमाको सक्रियता थियो। नेपालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो। नाकाबन्दीका विषयमा उनले संसद्मा दिएको धारणालाई लिएर नेपालमा उनको विरोध भएको थियो।

नेताहरूले दिए श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले भारतीय पूर्वविदेशमन्त्री तथा भाजपा नेतृ सुष्मा स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको निधनले आफूहरूलाई स्तब्ध पारेको भन्दै सच्चा मित्र गुमाएको बताए। नेतृत्वले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई छुट्टाछुट्टै पत्र लेखेर स्वराजको निधनमा समवेदना सन्देश पठाए। लैनचौरस्थित भारतीय दूतावासले उनको निधनमा श्रद्धाञ्जलि र परिवारजनमा समवेदनाका लागि शोकपुस्तिका राखेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।