३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

के वन्यजन्तुले आत्महत्या गर्छन् ?

के वन्यजन्तुले आत्महत्या गर्छन् ?
अ+ अ-

काठमाडौँ । भवितव्यका कारण धेरैजसो जीवजन्तुको ज्यान जाने विज्ञहरू बताउँछन् । कहिलेकाहीँ ज्यान बचाउने क्रममा भाग्दा लडेर ती मर्ने गरेका घटना धेरै पाइन्छन् । यहाँ सँगै अर्को जिज्ञासा जाग्छ, के वन्यजन्तुले पनि आत्महत्या गर्छन् ?

‘समूहको नाइकेको पछिपछि जाने क्रममा अन्य जनावरको ज्यान जान सक्छ,’ त्रिवि केन्द्रीय जीव विज्ञान क्याम्पसका प्राध्यापक तेजबहादुर थापाले भने, ‘समूहको नाइके कुनै कारणले लडयो भने उसको पछिपछि गएका अन्य जनावर पनि लड्न सक्छन् ।’ यस्ता घटनाबारे नेपालमा डकुमेन्टेसन नभएको उनले बताए । भेडा जस्तो स्वभाव हुने जीवको मृत्यु पनि यस्तै कारणले हुने उनको भनाइ छ ।

वन्यजन्तुहरूमा आत्मविनाशकारी व्यवहार (सेल्फ डिस्ट्रक्टिभ बिहेभियर) हुन सक्ने उनले बताए । ‘जीवनको कुनै अवस्थामा पुगेपछि जीवहरू देहत्याग गर्न सक्छन्,’ थापाले भने, ‘तर यो उनीहरूको आचरणको कुरा हो । स्तनधारीहरूमा देहत्याग गरेका घटना विरलै पाइन्छ । हाम्रो जस्तो मुलुकमा यस्ता घटना कहिलेकाहीँ सुनिए पनि अध्ययन भएको छैन ।’

वन्यजन्तुहरूले आत्महत्या गर्ने सम्बन्धमा संसारमा अनुसन्धान धेरै भएका छन् । इकोलोजिस्ट एवं त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका उपप्राध्यापक मनकुमार धमला भन्छन्, ‘स्तनधारी जीवले कुनै हिंस्रक एवं आफूभन्दा शक्तिशाली जीवको अगाडि प्राण त्याग्न सक्छन् । तर त्यसलाई आत्महत्या नै भनेर यकिन गर्न भने सकिन्न ।’ डल्फिन, बाँदर, हात्तीजस्ता स्तनधारी जीव आफ्नो परिवारका कुनै सदस्यको मृत्यु हुँदा शोकमा बस्छन् । शोकमा रहेका बेला खानै नखाँदा उनीहरू मर्न सक्ने धमलाको भनाइ छ ।

यी जीवले समूहका कुनै सदस्यको मृत्यु हुँदा नजिकै जाने, सुमसुम्याउने जस्ता व्यवहार देखाउँछन् । वन्यजन्तुहरूले सामूहिक आत्महत्या नै गरेका घटना भने दुर्लभ रहेको उनले बताए । समूहको कसैलाई बचाउन खोज्दा वन्यजन्तुहरूको ज्यान जान सक्ने उनले सुनाए । मानिसले जस्तो अन्य जीवले आत्महत्या गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञानका प्राध्यापक एवं बाँदर विज्ञ मुकेश चालिसेको भनाइ छ । ‘संसारमा बुद्धि भएको प्राणी मानिस मात्रै हो । आर्थिक, सामाजिक, राजनीतिक एवं वंशानुगत कारणले उसले आत्महत्या गर्छ । यस्तो स्वभाव मानिसमा मात्रै हुन्छ ।’

कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीरपाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरूको भनाइ छ । सारसको जोडीमा कुनै एकको मृत्यु हुँदा अर्कोले खानै नखाई पीडामा बस्ने गरेको भेटिन्छ । यसले पनि उनीहरूको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । धमिरालगायत अन्य स–साना कीराको सामूहिक मृत्यु हुने गरेको पाइन्छ ।

मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३ को एक पोखरीमा १६ वटा बाँदर हामफाल्दा डुबेर मरेको घटना सन्दर्भमा विज्ञहरूको एउटै मत छ– यो आत्महत्या होइन । बाँदरहरू पौडी खेल्न सक्ने भएकाले पोखरीमा केही दूषित पदार्थ वा विष मिसिएको हुन सक्ने उनीहरूको भनाइ छ । यस विषयमा अनुसन्धान आवश्यक रहेको उनीहरू बताउँछन् । ‘यो घटनामा पोखरी कस्तो थियो, बाहिर जाने ठाउँ थियो कि थिएन, तापक्रम कस्तो थियो भन्ने कुराले पनि ठूलो अर्थ राख्छ,’ चालिसेले भने ।

१० वर्षअघि पनि मरेका थिए बाँदर
१० वर्षअघि पशुपतिमा २० देखि ३० वटा बाँदेर मरेका थिए । पशुपतिस्थित एक बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेको थियो । कराउँदाकराउँदै उसको मृत्यु भएपछि अन्य बाँदर उसलाई बचाउन गएका थिए । त्यस क्रममा करेन्ट लागेर सबैको मृत्यु भएको थियो । ‘एउटालाई बचाउन जाँदा त्यसबेला २० देखि ३० वटा बाँदर करेन्ट लागेर मरेका थिए,’ चालिसेले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।