३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

इतिहास, सभ्यता र सम्पदाको धनी कीर्तिपुर

इतिहास, सभ्यता र सम्पदाको धनी कीर्तिपुर
अ+ अ-

काठमाडौं। सुन्दर नगरी कीर्तिपुर, जहाँ मुलुककै मुख्य प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय छ । प्राचीन यो नगरीमा प्रवेश गर्दा जोसुकैलाई यही प्राज्ञिक थलोले आकर्षित गर्छ । यससँगै नेपालको उत्पत्तिदेखि एकीकरणको इतिहास, कला, संस्कृति, सम्पदा र सभ्यताको धनी कीर्तिपुरमा पछिल्ला दिनमा विकास निर्माणका कार्य तीव्रताका साथ भइरहेका छन् ।

यसै ठाउँमा मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकामा बस्ती विकास गरेको कथन सबैको मानसपटलमा ताजै छ । एकीकरणको गाथा बोकेको यो सहर संस्कृति र सभ्यतामा पनि निकै धनी छ । यहाँको सभ्यतालाई अझै धनी र समृद्ध बनाउन यहाँका नेवार समुदाय कम्मर कसेर लागेका छन् र साथ दिएका छन् अन्य समुदायले पनि ।

ऐतिहासिक पहिचान जोगाउन लागि परेका स्थानीय र जनप्रतिनिधिबाट यस नगरले विकासमा फड्को मार्ने प्रयास गरिरहेको छ ।स्थानीयवासीसमेत जनप्रतिनिधिको कामप्रति निराश देखिँदैनन् । उनीहरू कीर्तिपुरको विकास सन्तोषजनक रहेको प्रतिक्रिया दिन्छन् । आशावादी स्थानीय र उत्साहित जनप्रतिनिधि सामूहिक रूपमा कीर्तिपुरको पहिचान जोगाउन लागिरहेको बताउँछन् ।

चुस्त फोहोर व्यवस्थापन

कीर्तिपुरको फोहोर व्यवस्थापन उपत्यकाका अन्य नगरपालिकाको तुलनामा चुस्त छ । नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा चार निजी कम्पनीलाई दिएको छ । फोहोर व्यवस्थापनमा स्थानीयसमेत उत्तिकै सजग छन् । वडा नम्बर १ का स्थानीय सीताराम महर्जन भन्छन्, ‘हामी आफैँ फोहोर व्यवस्थापन गर्छौं । नगरपालिकाले पनि फोहोर घटाउन र व्यवस्थापनमा कुनै कमी हुन दिएको छैन । अन्यत्र जस्तो यहाँ समस्या छैन ।’

उत्पन्न फोहोरसमेत प्रशोधन गरेर कुहिने फोहोरलाई मल बनाउन प्रयोग गर्ने गरिएको छ । त्यस्तै, नकुहिने र प्रयोगमा नआउने फोहोर मात्र डम्पिङ साइटमा पठाइन्छ । ‘यहाँ अन्य स्थानमा जस्तो फोहोर थुप्रने र दुर्गन्ध फैलने भन्ने हुँदैन,’ उपप्रमुख सरस्वती खड्काले भनिन् । नगरपालिकाले आफ्नै प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

खानेपानीको भने चर्को समस्या यस नगरको मुख्य समस्या भनेको खानेपानी हो । नगरपालिकाले खानेपानी व्यवस्थापनमा आफ्नो तर्फबाट भरपूर प्रयासअघि बढाएको बताउँदै आए पनि खानेपानीको समस्या भने समाधान गर्न सकेको छैन । स्थानीय लक्ष्मी मर्हजन भन्छन्, ‘नगरपालिकाले काम गरिरहेको छ । सबैतिरको समस्या हो, पक्कै आउला ।’
नगरपालिकाले केही वडामा रहेको जलस्रोतको उपयोगलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ । स्रोत संरक्षणको योजना योजना बनाएर यहाँ काम भइरहेको छ । यससँगै विभिन्न स्थानमा बोरिङ तथा इनार खनेर पानीको व्यवस्था मिलाइएको र मेलम्चीको पानीसमेत विकल्पका रूपमा राखिएको नगरपालिकाकी उपप्रमुख खड्काले बताइन् ।

आशावादी स्थानीय, उत्साहित जनप्रतिनिधि

यस क्षेत्रका स्थानीयमा अन्य स्थानीय तहमा जस्तो जनप्रतिनिधिसँग ठूलो गुनासा छैनन् । कीर्तिपुरमा अधिकांश नेवार र केही मात्रामा तामाङ समुदायको बसोबास छ । ‘हामी शतप्रतिशत सफल भयौं भन्न त सक्दैनौँ । तर, अधिकतम प्रयास गरेका छौं । अबको बाँकी समयमा हामी कीर्तिपुरको विकास देखिने गरी काम गर्नेछौं,’ स्थानीयको साथले उत्साहित उपप्रमुख खड्काले भनिन् ।

इतिहास र सम्पदा संरक्षणका प्रयास

कीर्तिपुरका मूर्त–अमूर्त सम्पदा, इतिहास र संस्कृति संरक्षणमा स्थानीयवासी र स्थानीय सरकारले कुनै कसर बाँकी राखेको देखिँदैन । नगरपालिकाले यी सम्पदाको महत्व बचाई राख्न मञ्जुश्रीले डाँडा काटेर बस्ती बसाएको चोभारमा पार्क, टौदह व्यवस्थापन, एकीकरणको इतिहासलाई बचाइराख्न युद्ध स्मारक पार्क बनाउने, बाघभैरव, चम्पादेवी, जलविनायक, उमामहेश्वर मन्दिर, चिलाचो विहारलगायतको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरी लागिपरेको बताएको छ । मूर्त–अमूर्त सम्पदा संरक्षणमा स्थानीयको सहभागितासमेत उत्तिकै भएको स्थानीय बताउँछन् । यस क्षेत्रका पुरातातित्वक पोखरी संरक्षणलगायतका काममा स्थानीय र जनप्रतिनिधिको उत्तिकै सहभागिता रहने गरेको स्थानीयको भनाइ छ । पुरातातित्वक मौलिक घर निर्माण गर्नेलाई नक्सापास र कर छुट गर्ने योजनासमेत नगरपालिकाको छ ।

कीर्तिपुरको सान

–त्रिभुवन विश्वविद्यालय
–अन्तर्राष्ट्रिय क्रिकेट मैदान
–मञ्जुश्रीले डाँडा काटेर बस्ती बसाएको चोभार
–टौदह
–नेपाल एकीकरणको इतिहास
–बाघभैरव, चम्पादेवी, जलविनायक, उमामहेश्वर मन्दिर, चिलाचो विहार

नयाँबजारलाई नमुना बनाउँछौं

रमेश महर्जन
प्रमुख, कीर्तिपुर नगरपालिका

जनताका सबै अपेक्षा पूरा गर्न नसके पनि काममा जनताको साथ पाएका छौँ त्यसैले विकासमा पनि गति लिइरहेका छौ । ऐतिहासिक नगरी कीर्तिपुरलाई समृद्ध बनाउने काममा सबै एक भएर लागेका छौं । कीर्तिपुरको प्रवेशद्वारका रूपमा रहेको नयाँबजारलाई नमुना र उत्कृष्ट बजार बनाउनेगरी महत्वपूर्ण योजना अघि सारेका छौं ।

देखिने गरी काम गर्नेछौं

सरस्वती खड्का
उपप्रमुख, कीर्तिपुर नगरपालिका

हामी शतप्रतिशत सफल भयौं भन्न त सक्दैनौं तर अधिकतम प्रयास गरेका छौं । अबको बाँकी समयमा हामी कीर्तिपुरको विकास देखिनेगरी काम गर्नेछौं ।

विकास निर्माणमा तीव्रता

यस क्षेत्रमा भएका विकास निर्माणका काममा ढिलासुस्ती नभएको र गत आर्थिक वर्षमा तोकिएको लक्ष्य पूरा भएको नगरपालिकाको दाबी छ । यता स्थानीयसमेत यस विषयमा गुनासो नरहेको बताउँछन् । ‘वडा नम्बर ३ मा पर्ने नयाँबजारमा सडकपेटी बनाउने काम सुरु भएको केही दिन भयो । केही दिनमा नै काम सकिन लागेको छ, के ढिला भयो भन्नु,’ नयाँबजारका स्थानीय राजु महर्जनले भने । अन्य नगरपलिकामा जस्तो समस्या नरहेको उनको भनाइ छ । उपप्रमुख खड्कासमेत तोकिएको समयमै काम सम्पन्न हुने गरेको अनुभव सुनाउँछिन् ।

नगरपालिकाले बजेटमा पूर्वाधार विकासका साथै सामाजिक विकासलाई समेत उत्तिकै प्राथमिकतामा राखेको छ । जन्मदेखि मृत्युसम्म स्थानीयसँगै रहेको आभास दिन नगरपालिकाको सामाजिक विकास कार्यक्रम लक्षित कार्यक्रमले सहकार्यलाई झनै सहज बनाएको जनप्रतिनिधि र स्थानीय बताउँछन् । नगरपालिकाले केबलकारको सम्भाव्यता अध्ययनका साथै चक्रपथ निर्माणको कामसमेत अघि बढाएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।