२१ असार २०८३, आईतवार
,
Latest
ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलब-भत्तामा नै सकियो तीन वर्षमा डेढ अर्ब



अ+ अ-

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तलब, भत्ता, कार्यालय सञ्चालनलगायतका प्रशासनिक शीर्षकमा अत्यधिक रकम खर्च गर्दै आएको पाइएको छ । उसले कार्यक्रम सञ्चालनका नाममा मात्रै २ अर्ब २८ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।
सीटीईभीटीले पछिल्लो तीन वर्षमा कार्यक्रम सञ्चालनका लागि ५ अर्ब २९ करोड १८ लाख ६२ हजार रुपैयाँ लगानी गरेकोमा प्रशासनिकतर्फ मात्रै १ अर्ब ४८ करोड ३७ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । यसरी हेर्दा प्रशासनिक कार्यमा २८ दशमलव शून्य ४ प्रतिशत खर्च भएको देखिन्छ ।

कुल लगानी भएको रकममध्ये पुँजीगत कार्यमा २८ दशमलव ८५ प्रतिशत, कार्यक्रम सञ्चालनमा ४३ दशमलव ११ प्रतिशत खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ विनियोजन भएको थियो । जसअन्तर्गत ८० प्रतिशत प्रगति भएको सीटीईभीटीका योजना निर्देशक प्रमोदभक्त आचार्यले दाबी गरे ।

सीटीईभीटीका अनुसार कार्यक्रम सञ्चालन शीर्षकअन्तर्गत प्रशिक्षकको क्षमता अभिवृद्धि, प्रशिक्षकको तयारी, छोटो अवधिको सीपमूलक तालिम, छात्रवृत्ति, भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामग्री, शैक्षिक उपकरण खरिदलगायतमा खर्च हुने गरेको छ । परिषद्ले गत वर्ष विनियोजित बजेटको ६५ प्रतिशत रकम कार्यक्रम सञ्चालन र ३५ प्रतिशत कर्मचारीका लागि खर्चिएको जनाएको छ ।

सीटीईभीटीको विगत तीन वर्षको आन्तरिक आय २ अर्ब ४५ करोड ४ लाख ८५ हजार रुपैयाँ भएको थियो । जसमध्ये ५३ करोड ९९ लाख २७ हजार मात्र उपयोग भएको पाइएको छ । वित्तीय व्यवस्थापनमा आन्तरिक स्रोतको लगानीको उपयोगसमेत बढाउनुपर्नेमा २५ प्रतिशतभन्दा घटी उपयोग भएकाले स्रोत व्यवस्थापनमा समेत चुकेको देखिएको छ ।
परिषद्का लागि आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएकोमा २०७६/७७ मा ६ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको थियो ।

स्थायी सम्बन्धन नै दिइँदैन

परिषद्ले स्वीकृत प्राप्त शिक्षण संस्थालाई स्थायी स्वीकृति नदिएको पाइएको छ । परिषद्को नियमावली, २०५१ को नियम १९ मा अस्थायी स्वीकृति प्राप्त संस्थालाई दुई वर्षभित्र स्थायी स्वीकृति दिन सक्नेमा हालसम्म कुनै पनि संस्थालाई स्थायी सम्बन्धन दिएको छैन । सम्बन्धन प्राप्त निकायको दर्ता, नवीकरण, सञ्चालन र थप कार्यक्रम स्वीकृति देखिने अभिलेख अद्यावधिक गर्नुपर्ने प्रावधान छ ।

दुई सय जनाले पढाइ छाडे

प्राप्त विवरणअनुसार परिषद्को लापर्बाहीका कारण विगत तीन वर्षमा प्राविधिक एसएलसी र प्रमाणपत्र÷डिप्लोमा तहतर्फ १८१ जनाले पढाइ छाडेका छन् । प्राविधिक एसएलसीतर्फ उत्तीर्ण ६७ दशमलव ४० प्रतिशत रहेको र १४२ जनाले बीचैमा अध्ययन छाडेको देखिएको छ ।
यस्तै, प्रमाणपत्र र डिप्लोमा तहको उत्तीर्ण प्रतिशत ६२ दशमलव ८१ रहेको र ३९ जनाले बीचैमा छाडेको देखिएको छ । पढाइ बीचमा छाड्दा अन्य प्रतिस्पर्धीे अध्ययनबाट वञ्चित हुनुपरेको र लगानीसमेत खेर जाने औंल्याइएको छ ।

लक्षित वर्गलाई पढ्नै दिइँदैन

प्राविधिक शिक्षामा तोकिएको कोटाभन्दा कम मात्रामा भर्ना लिएको देखिएको छ । जसकारण ग्रामीण तहका लक्षित विद्यार्थी पढ्नबाट वञ्चित हुनुपरेको छ । विगत तीन वर्षमा प्राविधिक एसएलसीतर्फ ३ हजार ५७९ भर्ना क्षमता रहे पनि ३ हजार ३ सय जना विद्यार्थी भर्ना लिएको पाइएको छ । यस्तै, प्रमाणपत्र एवं डिप्लोमातर्फ ५ हजार ८७५ भर्ना क्षमतामध्ये ५ हजार ६३८ जना विद्यार्थी भर्ना लिएको पाइएको छ । जुन तोकिएको सिट क्षमताभन्दा कम हो ।

अनुगमन प्रभावहीन

परिषद्ले प्रत्येक प्रदेशबाट अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे पनि अनुगमन प्रभावकारी हुन सकेको छैन । परिषद् ऐन, २०४५ र नियमावली २०५१ अनुसार परिषद्बाट २०७४/७५ मा डिप्लोमातर्फ २०१ संस्थाको ३५९ कार्यक्रमको अनुगमन गरी तयार पारिएको प्रतिवेदनमा ९ संस्थाको ११ कार्यक्रममा पूर्वाधार पर्याप्त नभएको र ७ कार्यक्रम सञ्चालन नभएको उल्लेख छ । यस्तै, प्राविधिक एसएलसीतर्फ २३९ संस्थाको ४७५ कार्यक्रमको अनुगमन हुँदा प्रतिवेदनमा ७ संस्थाको ९ कार्यक्रमका लागि पूर्वाधार पर्याप्त नभएको र २२ कार्यक्रम सञ्चालनमा नरहेको उल्लेख छ । तर, ती संस्थालाई कडाइका साथ कारबाही नभएको पाइएको छ ।
हाल परिषद्अन्तर्गत ४५ वटा आंगिक शिक्षालय र ३९७ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ६ वटा साझेदारीमा सञ्चालित शिक्षालय र ४२९ वटा निजी शिक्षालय छन् । परिषद्का अनुसार २०७५÷७६ मा विद्यार्थी भर्ना क्षमता ६२ हजार १५ जना थियो ।

परिषद्का प्रवक्ता देवेशचन्द्र देवकोटाले खर्चलाई मितव्ययी बनाउने आफूहरूको योजना रहेको बताए । उनले भने, ‘हामी खर्चलाई मितव्ययी बनाउने गरी अघि बढेका छौं, फजुल खर्च रोक्छौं ।’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।