५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बम बिस्फोटः १४ जनाको मृत्यु,एक सय ५० जना भन्दा बढी घाइते



अ+ अ-

अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एक प्रहरी चौकी अगाडि बम बिस्फोट हुँदा १४ जनाको मृत्यु र एक सय ५० जना भन्दा बढी घाइते भएका छन् । घटनाको जिम्मेवारी तालिवानी लडाकू समूहले लिएको समाचारमा जनाइएको छ ।

व्यस्त बजार नजिकै भएको बिस्फोटमा परेर घाइते हुनेहरु अधिकांश सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । मारिने अधिकांस सुरक्षाकर्मी पनि रहेका छन् । बिस्फोटक पदार्थ भरिएको कार प्रहरी चौकीतर्फ आइरहेको सूचना पाएपनि रोक्न नसकेको कारण बिस्फोट भएको अफगानी गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए ।

१८ वर्षदेखि जारी हिंसा अन्त्यका लागि तालिवानी लडाकूसँग सरकारले वार्ता गरीरहेका बेला हमला भएको हो । अफगानिस्तानमा पछिल्लो एक महिनामा आक्रमणकारीको निशानामा एक हजार पाँच सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।