७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बम बिस्फोटः १४ जनाको मृत्यु,एक सय ५० जना भन्दा बढी घाइते



अ+ अ-

अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एक प्रहरी चौकी अगाडि बम बिस्फोट हुँदा १४ जनाको मृत्यु र एक सय ५० जना भन्दा बढी घाइते भएका छन् । घटनाको जिम्मेवारी तालिवानी लडाकू समूहले लिएको समाचारमा जनाइएको छ ।

व्यस्त बजार नजिकै भएको बिस्फोटमा परेर घाइते हुनेहरु अधिकांश सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । मारिने अधिकांस सुरक्षाकर्मी पनि रहेका छन् । बिस्फोटक पदार्थ भरिएको कार प्रहरी चौकीतर्फ आइरहेको सूचना पाएपनि रोक्न नसकेको कारण बिस्फोट भएको अफगानी गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए ।

१८ वर्षदेखि जारी हिंसा अन्त्यका लागि तालिवानी लडाकूसँग सरकारले वार्ता गरीरहेका बेला हमला भएको हो । अफगानिस्तानमा पछिल्लो एक महिनामा आक्रमणकारीको निशानामा एक हजार पाँच सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।