९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवाज शरीफकी छोरी मरियम पक्राउ



अ+ अ-

काठमाडौं । पाकिस्तान मुस्लिम लिग नवाजका उपाध्यक्ष मरियम नवाज शरीफ पक्राउ परेकी छन् । पाकिस्तानको जाँच एजेन्सी नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनबी)ले मरियमलाई चौधरी सुगर मिलको मुद्दामा नियन्त्रणमा लिएको हो ।

समाचारहरुमा जनाइएअनुसार पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलापल भुट्टो जरदारीले नेशनल असेम्बीमा मरियमको गिरफ्तारीमाथि प्रश्न उठाएका छन् ।

मरियमलाई त्यसबेला नियन्त्रणमा लिइएको हो, जब उनी कोट लखपत लेजमा पूर्वप्रधानमन्त्री समेत रहेका आफ्ना बाबु नवाज शरीफलाई भेट्न गएकी थिइन् ।