७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि



अ+ अ-

काठमाडौं । संसदमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन अनन्तले सम्बोधन गरिरहँदा बत्ती गएको थियो। करिब १५ सेकेन्ड बत्ती गएपछि केहीबेर संसद हलमा अँध्यारो भएको थियो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो ।

ऊर्जामन्त्री बोल्दै गर्दा बत्ती गएपछि काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रश्न गर्दै माननीय ऊर्जामन्त्री आफैं बोल्दै गर्दा संसदमा बत्ती जानुले देशको विद्युत आपूर्तिको अवस्था कस्तो छ भन्ने कुरा प्रस्ट पार्छ भन्ने कुरा गरेका थिए ।

संसद बैठकमा ऊर्जामन्त्री नै बोलिरहँदा बत्ती गएपछि प्रतिपक्ष सांसदले यस किसीमको प्रश्न उठाएका थिए ।