५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने, चारै खेल दशरथ रंगशालामा हुने



अ+ अ-

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटको खेलमा नेपालले कुवेतसँग आफ्नै मैदानमा खेल्ने भएको छ ।

नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग ‘होम गेम’ खेल्नेछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार कुवेतले उसको ‘होम गेम’ नेपालमा आएर खेल्न सहमति जनाएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल नोभेम्बर १९ मा दशरथ रंगशालामा हुनेछ ।

हालै फिफाले नेपालको ‘होम एन्ड अवे’ दुवै खेल कुवेतमै नगर्न र न्युट्रल भेन्यु खोज्न आग्रह गरेको थियो । अन्तमा कुवेतले सट्टापट्टा गरेर खेल्न मानेपछि समस्या सुल्झिएको हो ।

अब नेपालले खेल्ने विश्वकपका चार खेल दशरथ रंगशालामा हुनेछ । नेपाली टोली विश्वकप छनोटका लागि अहिले प्रशिक्षक येहान कालिन प्रशिक्षणमा व्यस्त छ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ ।

नेपालले छनोट चरणको पहिलो खेल कुवेतसँग खेल्दैछ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाईनिज ताइपेईसँग सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ तारिखमा दशरथ रंगशालामा खेल्नेछ । नेपालले अष्ट्रेलियासँग आगामी अक्टोबर १० मा अवे खेल खेल्नेछ । घरेलु मैदानमा भने अष्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ ।




भर्खरै