५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र विरुद्द सत्तापक्ष एवं विपक्षी सांसदहरुको विरोध



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र लागू गरेकोमा शुक्रबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति सदस्यहरुले राष्ट्रिय परिचयपत्र सम्बन्धी विधेयक बनेर पारित नभइ परिचय पत्र लागू गरिएको भन्दै सरकारको कामको विरोध गरेका हुन् ।

नेपाली कांग्रेसमा सांसद दिलेन्द्रप्रसाद बडूले समति बैठक सुरु हुने वित्तिकै राष्ट्रिय परिचयपत्रको छलफललाई समितिमा ६ महिनासम्म रोकेर राखिएकोमा आपत्ति जनाए । उनले यस विषयमा पहिला छलफल भएको तर ६ महिनासम्म छलफल किन रोकियो र आजबाट सुरु गरीयो भनि प्रश्न उठाउदै कारण मागेका हुन् ।

यस्तै सांसद अमरेशकुमार सिंहले सरकारले पहिला नागरिकताको विधेयकको कुरा नउठाएर राष्ट्रिय परिचय पत्रलाई किन अगाडि सारेको भन्दै सरकारको आधिकारिक धारणाको माग गरेका हुन् । सरकारले यसविषयमा स्पष्ट नपारेसम्म आफू समितिको बैठकमा नबस्ने भन्दै उनी बाहिरिएका हुन् ।