९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्डन म्याकुलम नबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त



अ+ अ-

काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर ब्रेन्डन म्याकुलम क्यारेवियन प्रिमियर लिग क्रिकेटको क्लब ट्रिनबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

त्यस्तै, उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फ्रेन्चाइज क्लब कोलकत्ता नाइट राइडर्सको सहायक प्रशिक्षकमा पनि नियुक्ती भएको इएसपीएन क्रिकइन्फोले लेखेको छ ।

३७ वर्षीय म्याकुलम युरो टी२० स्लाम क्रिकेट लिगको आइकोनिक खेलाडी थिए । तर सबै फर्म्याटबाट सन्यासको घोषणा गरेपछि अब उनी प्रशिक्षकको भूमिकामा देखिने भएका हुन् । क्यारेवियन प्रिमियर लिग यहि सेम्टेम्बर पाँच तारिखदेखि सुरु हुनेछ ।

म्याकुलमले सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर विभिन्न फ्रेन्चाइज लिग भने खेल्दै आएका थिए ।