२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकको पिडाः हिउँदमा असिना, वर्षामा खडेरी



अ+ अ-

पर्वत । ‘साउन महिना सकिनै लाग्यो खेत बाँझै छ , हिउँदमा लगाएको अन्नबाली असिनाले खायो ।’ पर्वतको फलेबास नगरपालिका –३ का नारायण भुसालले भन्नुभयो ‘‘हिउँद र बर्षामा नै खेती थन्काउन नपाएपछि गाँउभर भोकमरीको चिन्ता छ’

फलेबासका कृषक भुसाल मात्रै होइन हिउँदमा खेतबारीमा लगाएको मकै असिनाले सोत्तर बनाउँदा उत्पादन शुन्य भएपनि बर्षामा धान रोपेर बर्षदिनका लागि अन्नको जोहो गर्ने सपना देखेका पर्वतका धेरै कृषकहरु अहिले टाउकोमा हात लगाएर बस्न बाध्य छन ।

पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा मोदी गाउँपालिकाका धेरै क्षेत्रमा गएको जेठमा परेको असिनाले मकै र कोदोको बीउ नै नष्ट गरेको थियो । यी ठाउँमा असिनाका कारण मकै उत्पादन कुनै ठाउँमा शतप्रतिशत नै घटेको छ भने धेरै ठाउँमा ५० प्रतिशत पनि भएको छैन । ‘पसाउने बेलाका मकै असिनाले टुक्राटुक्रा बनाइदियो’ कृषक रामबहादुर परियारले भन्नुभयो ‘असिनाले मकै सखान बनाएपछि न त मान्छेले खाने मकै भयो न त पशुपक्षीलाई खुवाउन नै एक गेडो छ’

तर, असारमा राम्रोसँग वर्षा भइदिए धान राम्रो फलेर मकैको घाटा उठाउँला भन्ने आशमा थिए कृषकहरु । असार र साउनमा पानीका मुल फुट्ने गरि बर्षा नहुँदा आकाशेपानीको भरमा रहेका कृषकहरुले धान रोप्नै पाएका छैनन । खेतमा बीउको उमेर बढी भएकाले ढल्ने अबस्थामा छ भने रोपेको खेतमा पानी नहुँदा धाँजा फाटेको छ । असार र साउनमा पर्याप्त बर्षा नभएका कारण जिल्लाको १५ प्रतिशत भन्दा बढी धानखेतमा रोपाई हुन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । सधैंका वर्षजस्तो भए यतिबेला रोपाइँ सकिने बेला भएको छ। तर, यस वर्ष अधिकांश ठाउँमा रोपाइँ हुन नसकेको छैन। रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझो समेत रहन सक्ने कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउनुहुन्छ । जलजलामै राम्रो धान फल्ने क्षेत्रहरुको अवलोकन गरेर फर्कनुभएका रेग्मी बुढो बीउ रोप्ने र रोपाई ढिला हुँदा उत्पादन पनि धेरै घट्ने संभावना छ ।

सिँचाइको सुबिधा नभएकाले मुसाले धानका बिउ समेत काट्न थालिसकेको किसानहरुले बताएका छन । अघिल्लो वर्षहरुमा धान पसाएपछि मात्र खेतमा मुसा लाग्ने गरे पनि यस वर्ष बिउ नै काट्न सुरु गरिसकेको छ। पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफल जग्गा धानखेतीका लागि योग्य छ। तर पछिल्ला वर्षहरुमा धानखेती गर्ने क्रममा घट्दो छ। आवश्यकता अनुसारको पानी नहुनु, उत्पात्नयोग्य भूमिलाई घडेरी बनाउनु, सडक बिस्तारका क्रममा खेत नष्ट हुनु, बसाइँसराईपछि गाउँको खेतबारी बाँझै छोड्नुलगायतका कारणले ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र मात्र धान लगाउने गरिएको तथ्यांक छ। पर्वतमा प्रतिहेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।