• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

कृषकको पिडाः हिउँदमा असिना, वर्षामा खडेरी



पर्वत । ‘साउन महिना सकिनै लाग्यो खेत बाँझै छ , हिउँदमा लगाएको अन्नबाली असिनाले खायो ।’ पर्वतको फलेबास नगरपालिका –३ का नारायण भुसालले भन्नुभयो ‘‘हिउँद र बर्षामा नै खेती थन्काउन नपाएपछि गाँउभर भोकमरीको चिन्ता छ’

फलेबासका कृषक भुसाल मात्रै होइन हिउँदमा खेतबारीमा लगाएको मकै असिनाले सोत्तर बनाउँदा उत्पादन शुन्य भएपनि बर्षामा धान रोपेर बर्षदिनका लागि अन्नको जोहो गर्ने सपना देखेका पर्वतका धेरै कृषकहरु अहिले टाउकोमा हात लगाएर बस्न बाध्य छन ।

पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा मोदी गाउँपालिकाका धेरै क्षेत्रमा गएको जेठमा परेको असिनाले मकै र कोदोको बीउ नै नष्ट गरेको थियो । यी ठाउँमा असिनाका कारण मकै उत्पादन कुनै ठाउँमा शतप्रतिशत नै घटेको छ भने धेरै ठाउँमा ५० प्रतिशत पनि भएको छैन । ‘पसाउने बेलाका मकै असिनाले टुक्राटुक्रा बनाइदियो’ कृषक रामबहादुर परियारले भन्नुभयो ‘असिनाले मकै सखान बनाएपछि न त मान्छेले खाने मकै भयो न त पशुपक्षीलाई खुवाउन नै एक गेडो छ’

तर, असारमा राम्रोसँग वर्षा भइदिए धान राम्रो फलेर मकैको घाटा उठाउँला भन्ने आशमा थिए कृषकहरु । असार र साउनमा पानीका मुल फुट्ने गरि बर्षा नहुँदा आकाशेपानीको भरमा रहेका कृषकहरुले धान रोप्नै पाएका छैनन । खेतमा बीउको उमेर बढी भएकाले ढल्ने अबस्थामा छ भने रोपेको खेतमा पानी नहुँदा धाँजा फाटेको छ । असार र साउनमा पर्याप्त बर्षा नभएका कारण जिल्लाको १५ प्रतिशत भन्दा बढी धानखेतमा रोपाई हुन नसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । सधैंका वर्षजस्तो भए यतिबेला रोपाइँ सकिने बेला भएको छ। तर, यस वर्ष अधिकांश ठाउँमा रोपाइँ हुन नसकेको छैन। रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझो समेत रहन सक्ने कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउनुहुन्छ । जलजलामै राम्रो धान फल्ने क्षेत्रहरुको अवलोकन गरेर फर्कनुभएका रेग्मी बुढो बीउ रोप्ने र रोपाई ढिला हुँदा उत्पादन पनि धेरै घट्ने संभावना छ ।

सिँचाइको सुबिधा नभएकाले मुसाले धानका बिउ समेत काट्न थालिसकेको किसानहरुले बताएका छन । अघिल्लो वर्षहरुमा धान पसाएपछि मात्र खेतमा मुसा लाग्ने गरे पनि यस वर्ष बिउ नै काट्न सुरु गरिसकेको छ। पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफल जग्गा धानखेतीका लागि योग्य छ। तर पछिल्ला वर्षहरुमा धानखेती गर्ने क्रममा घट्दो छ। आवश्यकता अनुसारको पानी नहुनु, उत्पात्नयोग्य भूमिलाई घडेरी बनाउनु, सडक बिस्तारका क्रममा खेत नष्ट हुनु, बसाइँसराईपछि गाउँको खेतबारी बाँझै छोड्नुलगायतका कारणले ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र मात्र धान लगाउने गरिएको तथ्यांक छ। पर्वतमा प्रतिहेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।