७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुलको राजीनामा स्वीकृत, सोनिया फेरि बनिन् कंग्रेसकी अध्यक्ष



अ+ अ-

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले राहुल गान्धीले दिएको राजीनामा स्वीकृत गरेको छ । शनिबारको बैठकले राहुलको राजीनामा स्वीकृत गरेको हो ।

राहुलको राजीनामा स्वीकृत भएसँगै कंग्रेसले नयाँ अन्तरिम अध्यक्ष चुनेको छ।

सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको कंग्रेस आईले जनाएको छ। अब पार्टीको अधिवेशनबाट नयाँ अध्यक्ष चुनिने छन्। अधिवेशनको मिति भने तोकिएको छैन।

यसअघि सन् १९९८ मा कंग्रेस आईकी अध्यक्ष बनेकी सोनियाले २०१७ डिसेम्बरमा पार्टी अध्यक्षबाट राजीनामा दिएकी थिइन्। आमाले राजीनामा दिएपछि उनका छोरा राहुल गान्धी कंग्रेस आईका अध्यक्ष बनेका थिए।