काठमाडौं । भैरहवा–परासी औद्यौगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा सञ्चालित एसियन कंक्रिटोले राजधानीको टेकुमा एक्सपिरियन्स सेन्टर खोलेको छ ।
जर्मनीको मासा कम्पनीको उक्त प्लान्ट नेपाल भित्र्याउन निकै मेहनत र समय लागेको जनाउँदै कम्पनीले भारतमा तीन ठाउँमा मात्र उक्त किसमका मेसिन रहेको जनाएको छ ।
उत्पादन प्रक्रियाको ३६ वटा क्यामेरामार्फत जर्मनीबाटै निगरानी हुने पनि कम्पनीले उल्लेख गरेको छ । उद्योगबाट उत्पादन हुने पेभर्स, ब्लक, इटा, कर्वस्टोन, होलोब्लक बनाउन आवश्यक कच्चा पदार्थ नेपालमै पाइने भएकाले निर्यातको विकासमा टेवा पुग्ने कम्पनीको दाबी छ ।
उद्योगबाट उत्पादित वस्तु एकदमै मजबुत, बलियो, टिकाउ हुने जनाउँदै एक सय ५० टनको भार क्षमता बहन गर्न सक्ने कम्पनीले जनाएको छ । वस्तु उत्पादन गर्दा यसमा लाग्ने रङका र डिजाइनका पिगमेन्ट विदेशबाटै आउने भएको कारण वर्षौंसम्म रङ जस्ताको त्यस्तै रहने कम्पनीले जनाएको छ ।