५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कंक्रिटोको एक्सपिरियन्स सेन्टर राजधानीको टेकुमा



अ+ अ-

काठमाडौं । भैरहवा–परासी औद्यौगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा सञ्चालित एसियन कंक्रिटोले राजधानीको टेकुमा एक्सपिरियन्स सेन्टर खोलेको छ ।
जर्मनीको मासा कम्पनीको उक्त प्लान्ट नेपाल भित्र्याउन निकै मेहनत र समय लागेको जनाउँदै कम्पनीले भारतमा तीन ठाउँमा मात्र उक्त किसमका मेसिन रहेको जनाएको छ ।

उत्पादन प्रक्रियाको ३६ वटा क्यामेरामार्फत जर्मनीबाटै निगरानी हुने पनि कम्पनीले उल्लेख गरेको छ । उद्योगबाट उत्पादन हुने पेभर्स, ब्लक, इटा, कर्वस्टोन, होलोब्लक बनाउन आवश्यक कच्चा पदार्थ नेपालमै पाइने भएकाले निर्यातको विकासमा टेवा पुग्ने कम्पनीको दाबी छ ।

उद्योगबाट उत्पादित वस्तु एकदमै मजबुत, बलियो, टिकाउ हुने जनाउँदै एक सय ५० टनको भार क्षमता बहन गर्न सक्ने कम्पनीले जनाएको छ । वस्तु उत्पादन गर्दा यसमा लाग्ने रङका र डिजाइनका पिगमेन्ट विदेशबाटै आउने भएको कारण वर्षौंसम्म रङ जस्ताको त्यस्तै रहने कम्पनीले जनाएको छ ।




भर्खरै