५ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

“यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?”: सांसद आशा कुमारी



अ+ अ-

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपैंयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् । उनले ट्याक्सी ड्राइभरले आफुहरु मर्कामा रहेको भन्दै मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका कुरा उल्लेख गरीन ।

साथै ट्याक्सी मर्कामा परेको छ भने यसबार छलफल हुनुपर्ने हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुपर्नेमा पनि आफ्नो धारणा राखीन । उनले यस्ता ठगी कहिले सम्म हुने भन्ने प्रश्न पनि संसदमा गरीन् ।




भर्खरै