६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

“यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?”: सांसद आशा कुमारी



अ+ अ-

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपैंयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् । उनले ट्याक्सी ड्राइभरले आफुहरु मर्कामा रहेको भन्दै मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका कुरा उल्लेख गरीन ।

साथै ट्याक्सी मर्कामा परेको छ भने यसबार छलफल हुनुपर्ने हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुपर्नेमा पनि आफ्नो धारणा राखीन । उनले यस्ता ठगी कहिले सम्म हुने भन्ने प्रश्न पनि संसदमा गरीन् ।