१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको मिति २०७८ मङ्सिर १२ गतेको फैसलाले रू. नौ लाख जरिवाना र चार दिन कैद तोकी फरार रहेका मकवानपुर जिल्ला साविक हटिया गाविस–३ परिवर्तित हेटौँडा उपमहानगरपालिका–१७ घर भई काठमाडौँ मनमैजु बस्ने ३२ वर्षीय मुन्दिप भुजेललाई यही फागुन २६ गते मनमैजुबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । फैसला कार्यान्वयनका लागि मिति आज काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी उच्च अदालत पाटन ललितपुरबाट पक्राउ पुर्जीसमेत जारी भएका गोरखा जिल्ला साविक अश्राङ गाविस–६ परिवर्तित भीमसेन थापा गाउँपालिका–६ घर भई काठमाडौँ–२६ गोङ्गबु बस्ने २५ वर्षीय निसम वि.क.लाई महाशाखाको टोलीले यही फागुन २६ गते काठमाडौँ बनस्थलीबाट पक्राउ गरेको हो ।

मौसम उपाध्यायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विक बैकिंङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । थप अनुसन्धानका लागि निजलाई महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । का।जि।मनमैजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।