११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनी संसदमा अनाैठाे बहस, विवाह दर्ता गर्न तीन लोग्ने र एउटी श्रीमती आए के गर्ने ?



अ+ अ-

काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ ।

तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’

समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको व्यवस्था गर्न बनेको विधेयकको व्यक्तिगत घटनाबारे छलफल भइरहेको थियो । छलफलका क्रममा बहुपति प्रथाले प्रवेश पाएको हो । मुस्ताङलगायतका क्षेत्रमा बहुपति प्रथा छ । सांसद सुब्बासँगै छक्कबहादुर लामाले विभिन्न जाति र क्षेत्रमा बहुपति प्रथा रहेको भन्दै कानून निर्माण गर्दा जातीय परम्परालाई ध्यान दिनुपर्ने बताए ।

व्यक्तिगत घटना दर्ताबारे भएको छलफलमा नेकपा सांसद सुब्बाले हिन्दु विधिशास्त्रअनुसार संविधान बनेकाले अन्य जातिका परम्परालाई नजर अन्दाज गरिएको टिप्पणी गरे । उनले भने, ‘तीन जना लोग्ने र एक जना श्रीमती विवाह दर्ता गर्न आए के गर्नुहुन्छ ? समाजमा भएका कुराहरुलाई ऐन कानुनले कमाण्ड गर्नुपर्छ कि पर्दैन ?’

सांसद छक्कबहादुर लामाले यो नेपाली समाजको समस्या भएकाले छलफल गर्नुपर्ने बताए ।

तर समितिमा रहेका महिला सांसदहरुले प्रतिवाद गरे । सांसद यशोदा गुरुङ सुवेदीले फौजदारी संहिताले बहुविवाहलाई अपराध मानिसकेको अवस्थामा बहुविवाहलाई के गर्ने भनेर छलफल गर्नुको औचित्य नहुने बताइन् । उनले भनिन्, ‘हाम्रो सामाजिक परम्परामा बोक्सी प्रथा छ । के अब त्यसलाई पनि मान्यता दिने ?’

सांसद सुब्बाले भने संविधानले आफ्नो प्रथा परम्पराअनुसार गर भनेको स्मरण गराए । गाई मारेको आरोपमा अहिले थुप्रै मानिसमा जेलमा रहेको भन्दै उनले भने, ‘अहिले त मार्न छाडिसक्यो तर गाई वा गोरुको टाउको राखेर म अहिले पनि पूजा गर्छु । यसलाई नजरअन्दाज गरेर त्यत्तिकै जान त मिल्छ ।’

सांसद रेखा शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने तर्क गरिन् । उनले संघीय कानुनबारे छलफल गरिरहँदा क्षेत्रगत परम्परा र संस्कृतिको सम्बोधन गर्नुपर्छ भन्नुको औचित्य नरहेको बताइन् । (समाचार साभारः अनलाइन खबर)