५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनी संसदमा अनाैठाे बहस, विवाह दर्ता गर्न तीन लोग्ने र एउटी श्रीमती आए के गर्ने ?



अ+ अ-

काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ ।

तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’

समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको व्यवस्था गर्न बनेको विधेयकको व्यक्तिगत घटनाबारे छलफल भइरहेको थियो । छलफलका क्रममा बहुपति प्रथाले प्रवेश पाएको हो । मुस्ताङलगायतका क्षेत्रमा बहुपति प्रथा छ । सांसद सुब्बासँगै छक्कबहादुर लामाले विभिन्न जाति र क्षेत्रमा बहुपति प्रथा रहेको भन्दै कानून निर्माण गर्दा जातीय परम्परालाई ध्यान दिनुपर्ने बताए ।

व्यक्तिगत घटना दर्ताबारे भएको छलफलमा नेकपा सांसद सुब्बाले हिन्दु विधिशास्त्रअनुसार संविधान बनेकाले अन्य जातिका परम्परालाई नजर अन्दाज गरिएको टिप्पणी गरे । उनले भने, ‘तीन जना लोग्ने र एक जना श्रीमती विवाह दर्ता गर्न आए के गर्नुहुन्छ ? समाजमा भएका कुराहरुलाई ऐन कानुनले कमाण्ड गर्नुपर्छ कि पर्दैन ?’

सांसद छक्कबहादुर लामाले यो नेपाली समाजको समस्या भएकाले छलफल गर्नुपर्ने बताए ।

तर समितिमा रहेका महिला सांसदहरुले प्रतिवाद गरे । सांसद यशोदा गुरुङ सुवेदीले फौजदारी संहिताले बहुविवाहलाई अपराध मानिसकेको अवस्थामा बहुविवाहलाई के गर्ने भनेर छलफल गर्नुको औचित्य नहुने बताइन् । उनले भनिन्, ‘हाम्रो सामाजिक परम्परामा बोक्सी प्रथा छ । के अब त्यसलाई पनि मान्यता दिने ?’

सांसद सुब्बाले भने संविधानले आफ्नो प्रथा परम्पराअनुसार गर भनेको स्मरण गराए । गाई मारेको आरोपमा अहिले थुप्रै मानिसमा जेलमा रहेको भन्दै उनले भने, ‘अहिले त मार्न छाडिसक्यो तर गाई वा गोरुको टाउको राखेर म अहिले पनि पूजा गर्छु । यसलाई नजरअन्दाज गरेर त्यत्तिकै जान त मिल्छ ।’

सांसद रेखा शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने तर्क गरिन् । उनले संघीय कानुनबारे छलफल गरिरहँदा क्षेत्रगत परम्परा र संस्कृतिको सम्बोधन गर्नुपर्छ भन्नुको औचित्य नरहेको बताइन् । (समाचार साभारः अनलाइन खबर)