११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २ लाख रुपैयाँ आर्थिक सहयोग



अ+ अ-

बुटवल । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभाबितलाई साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नेतृत्वको टोलीले आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसहितका जनप्रतिनिधिको टोलीलाई श्रेष्ठ र पौडेलले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको बताए ।

आर्थिक अवस्था कमजोर भएका पहिरो प्रभावितले उद्यम व्यसाय गर्न चाहेमा न्यून ब्याजमा बिनाधितो कर्जा उपलब्ध गराउने समेत उनले जानकारी दिए । यस्तै घर निर्माणमा न्यून ब्याज दरमा कर्जासमेत उपलब्ध गराउने निर्णय बैंकले गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष ढकालले पहिरो पीडित जनतालाई आर्थिक सहयोगसहित प्रोत्साहनका लागि न्यून ब्याज र बिनाधितो कर्जा प्रदान गर्ने बैंकको निर्णय स्वागत योग्य भएको बताए ।