१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

काँकरभिट्टाबाट अवैध हतियार बरामद

काँकरभिट्टाबाट अवैध हतियार बरामद
अ अ+ अ-

सुरुङ्गा । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक ठहर हुने कानूनी प्रावधान विपरीत झापामा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमानाका कारण झापामा अवैध हातहतियारको अवस्था भयावह रहेको देखाएको हो ।

भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती भइरहेको प्रहरीको भनाइ छ । यसैबीच नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नं बटालियन रानीडाँगाको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीट्याङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो । सिटी सफारी चालक रहेका चौधरी मे१ ह ६९५० नं. को सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७.६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

भारतीय प्रहरीले उनका साथबाट ७।६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो । यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

पछिल्लो समय झापामा शृङ्खलाबद्ध बम विस्फोट हुनु र पूर्वी नाकामा हतियारसहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौती बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।