६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रदेशमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण गर्ने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव, दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग सम्पर्क र संवाद जस्ता विषयमा प्रशिक्षण गर्ने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले बताए ।

प्रशिक्षण कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुनेछन् ।