२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङबाट एक परिवारको तीन मारिए



अ+ अ-

हनोइ । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।

ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन् ।

यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन् । तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन् । तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ । प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ ।