११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङबाट एक परिवारको तीन मारिए



अ+ अ-

हनोइ । भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् ।

ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन् ।

यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन् । तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन् । तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ । प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ ।