१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द
अ अ+ अ-

काठमाडौँ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा गरिएको प्रदर्शनका कारण हङकङको वर्तमान अवस्था निकै कठिन बनेको छ । प्रदर्शनकारीहरुको भिडको अत्याधिक चापका कारण सोमबार अपरान्हदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न आइतबार अश्रुग्यास तथा रबरका गोली प्रहार गरेपछि उनीहरुले प्रहरी विरुद्ध नाराबाजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विमानस्थलको टर्मिनल पनि प्रदर्शनकारीहरुका कारण भरिएको छ।

सयभन्दा बढी उडान रद्द गरिएको छ। विमानस्थलमा ट्राफिक धेरै भएको र पार्किङ पुरै भरिएको अधिकारीहरुले जनाएका छन्। स्थानीय प्रहरीका अनुसार सोमबार मात्रै ५ हजार प्रदर्शनकारीहरु विमानस्थलमा प्रवेश गरेका छन्।आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले शुक्रबारदेखि विमानस्थलमा विरोध सुरु गरेका थिए।

एएफपीका अनुसार प्रदर्शनकारीले ‘तानाशाही शासन र प्रहरी दमनबाट हङकङलाई बचाऊ’ भन्दै नारा लगाइरहेका छन्। गतसाताको आमहडतालका कारण पनि २ सयभन्दा बढी हवाई उडान रद्द भएका थिए।संसारकै व्यस्त विमानस्थलमध्ये एक पर्ने हङकङ विमानस्थलमा सन २०१८ ७ करोड ५० लाख यात्रुहरु आएका थिए।