६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द



अ+ अ-

काठमाडौँ — सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा गरिएको प्रदर्शनका कारण हङकङको वर्तमान अवस्था निकै कठिन बनेको छ । प्रदर्शनकारीहरुको भिडको अत्याधिक चापका कारण सोमबार अपरान्हदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान रद्द गरिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न आइतबार अश्रुग्यास तथा रबरका गोली प्रहार गरेपछि उनीहरुले प्रहरी विरुद्ध नाराबाजी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। विमानस्थलको टर्मिनल पनि प्रदर्शनकारीहरुका कारण भरिएको छ।

सयभन्दा बढी उडान रद्द गरिएको छ। विमानस्थलमा ट्राफिक धेरै भएको र पार्किङ पुरै भरिएको अधिकारीहरुले जनाएका छन्। स्थानीय प्रहरीका अनुसार सोमबार मात्रै ५ हजार प्रदर्शनकारीहरु विमानस्थलमा प्रवेश गरेका छन्।आफ्ना मागप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउन भन्दै प्रदर्शनकारीले शुक्रबारदेखि विमानस्थलमा विरोध सुरु गरेका थिए।

एएफपीका अनुसार प्रदर्शनकारीले ‘तानाशाही शासन र प्रहरी दमनबाट हङकङलाई बचाऊ’ भन्दै नारा लगाइरहेका छन्। गतसाताको आमहडतालका कारण पनि २ सयभन्दा बढी हवाई उडान रद्द भएका थिए।संसारकै व्यस्त विमानस्थलमध्ये एक पर्ने हङकङ विमानस्थलमा सन २०१८ ७ करोड ५० लाख यात्रुहरु आएका थिए।