६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरे



अ+ अ-

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष बिभिन्न चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेहरुमा रसियाका आवासीय राजदूत एलेक्सी ए नोविकोभ, कुवेतका गैरआवासीय राजदूत जसेम इब्राहिम जे.एम. अल्नाजेम, लक्जेम्वर्गका गैरआवासीय राजदूत जेन क्लाउड कगनेर र गणतन्त्र लिथुआनियाका गैरआवासीय जुलियस प्राणिभिकस रहेका छन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।