२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीसमक्ष चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरे



अ+ अ-

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष बिभिन्न चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेहरुमा रसियाका आवासीय राजदूत एलेक्सी ए नोविकोभ, कुवेतका गैरआवासीय राजदूत जसेम इब्राहिम जे.एम. अल्नाजेम, लक्जेम्वर्गका गैरआवासीय राजदूत जेन क्लाउड कगनेर र गणतन्त्र लिथुआनियाका गैरआवासीय जुलियस प्राणिभिकस रहेका छन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।